जिल्ला खेलकूद समिती बागलुङले पायो पूर्णता

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले जिल्ला खेलकूद विकास समिती बागलुङलाई पूर्णता दिएको छ ।

प्रदेश सरकारले प्रदेश खेलकूद ऐन २०७७ अनुसार जिल्ला खेलकूदमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित १३ सदस्यिय कार्य समितीलाई पूर्णता दिएको हो । यस अघि बागलुङ ३ का कुमार खडकालाई अध्यक्षमा र सोही वडाका लोकेन्द्र केसीलाई उपाध्यक्षमा मनोनयन भएकोमा जैमनी ४ की तारा शर्मा सचिव र बागलुङ ३ की कल्पना श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको छ ।

कोषाध्यक्षमा मनोनयन भएकी श्रेष्ठ चौथो राष्ट्रिय खेलकूदमा शुटिङको इयर गनतर्फ रजत पदक बिजेता खेलाडीहुन भने बागलुङ जिल्ला तेक्वान्दो संघकी कोषाध्यक्ष समेत हुन ।

यसै गरी मनोनयन भएका अन्य सदस्यहरुमा बागलुङ १ का बुद्ध बोहरा, ढोरपाटन १ का देव बहादुर विक, जैमनी १ का ओमकार थापा, बागलुङ ५ का विष्णु सापकोटा, बागलुङ १ का कृष्ण कार्की, जैमनी २ का टेक बहादुर पुन, ताराखोला ५ की हिमानी रोका, बागलुङ १३ की पुष्पा कुमारी क्षेत्री र जैमनी ३ का किशोर थापा छन्त्याल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close