जिल्ला खेलकूद स्याङजाको पदस्थापना सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारद्वारा नवगठित स्याङजा जिल्ला खेलकूद विकास समितीको पदस्थापना सम्पन्न भएको छ ।

सोमबार स्याङजामा आयोजित एक कार्यक्रमका विच उनीहरुको पदस्थापना गरिएको हो । स्याङ्जा क्षेत्र नं १ संघिय सांसद नारायण मरासिनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव गठित समितीका अध्यक्ष गिरी प्रसाद (मोहन) गुरुङ, उपाध्यक्ष किरण खाँण, सचिव सितलजंग के.सी, कोषाध्यक्ष विन्दु काफ्ले तथा अन्य सदस्यहरुको पदस्थापना गरिएको छ ।

स्याङ्जा जिल्ला सम्मन्वय समितिकी प्रमुख सीता सुन्दासको अध्यक्षता सम्पन्न पदस्थपाना कार्यक्रममा गण्डकी प्रदेश साँसद तथा विधायन समितिका सभापति मोहन रेग्मी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे(पारस) लगायतले नवगठित समितीलाई कार्य सफलताको शुभकामना दिएका थिए ।

नवगठित समितीको सदस्यमा अभिलास गुरुङ, इश्वर पराजुली, पवन राना, अनिल श्रेष्ठ, अंक बहादुर घर्ती मगर, विमल परियार, ओममाया राना लगायत रहेका छन । पदस्थापना लगतै जिल्ला खेलकूदमा नियूक्त भएका अध्यक्ष गुरुङले जिल्ला खेलकूद विकास समितीको पदभार सम्हालेका छन ।  नवगठित समितीको कार्यकाल ४ वर्षको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close