खेलकूद पत्रकार मञ्चका अध्यक्ष गिरीले भेटे नवनियूक्त मन्त्री गुरूङलाई

पोखरा स्पोर्टस । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले गण्डकी प्रदेशका नवनियूक्त यूवा तथा खेलकूद मन्त्री राजिव गुरूङ सँग भेट गरेका छन ।

शुक्रबार खेलूकद पत्रकार मञ्चका तर्फबाट बधाई दिन अध्यक्ष गिरी मन्त्रालय पुगेका थिए । सो अबसरमा अध्यक्ष गिरीलाई मन्त्री गुरुङलाई सफल कार्यकालको बधाई दिंदै पोखरा स्पोर्टस अवार्डका विषयमा जानकारी गराएका थिए ।

खेलकूद पत्रकार मञ्च गण्डकीले प्रत्येक वर्ष आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डका लागि प्रदेश सरकारको सहयोग महत्वपूर्ण हुने बताउँदै यसका लागि मन्त्री गुरुङलाई सहयोग गर्न अध्यक्ष गिरीले आग्रह गरे । भेटका अवसरमा मन्त्री गुरुङले पोखरा स्पोर्टस अवार्डका लागि आफ्नो सहयोगको प्रतिवद्धता जनाएका थिए ।

मञ्चले यहि वैशाख २० गते आयोजना गर्न लागेको पाँचौ सस्करणको पोखरा स्पोर्टस अवार्ड कोभिड १९ का कारण केही समयका लागि धकेलिएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close