मन्त्री गुरुङको प्रमुखआतिथ्यतामा कास्की जिल्ला खेलकूद पदस्थापना (फोटो फिचर)

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका नवनियूक्त यूवा तथा खेलकूद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा कास्की जिल्ला खेलकूद विकास समितीका नव नियूक्त पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा रंगशालामा शुक्रबार आयोजित एक कार्यक्रमका विच नव नियूक्त पदाधिकारी तथा सदस्यहरुको पदस्थापना गरिएको हो । गण्डकी प्रदेशका नवनियूक्त यूवा तथा खेलकूद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकूदका नवनियूक्त अध्यक्ष तोरण बहादुर बानियाँ लगायत पदाधिकारी र सदस्यहरुले पदभार ग्रहण गरेका छन ।

कार्यक्रममा मन्त्री गुरुङले नवनियूक्त पदाधिकारीहरुलाई बधाई दिएका थिए । औपचारिक कार्यक्रममा कुनै सम्वोधन नगरेका उनले अनौपचारिक रुपमा भने खेलकूदका आफ्ना अनुभवहरु सुनाएका थिए भने पोखरा रंगशालाको समेत अवलोकन गरेका थिए । यस अघि नवयिूक्त मन्त्री गुरु पोखरा रंगशाला पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदस्थापना आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलकूद विकासका लागि मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । १३ औं दक्षिण एशियाली खेलकूद (साग) सबैको सहयोगले नै पोखरामा सफल रुपमा सम्पन्न भएको बताउँदै आम खेलप्रेमीहरुले पोखरा रंगशालाको विकास भएको हेर्न चाहेको बताए । उनले राखेप र प्रदेश खेलकूद परिषद मिलेर नवौ राष्ट्रिय खेलकूद सफल आयोजना गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै गण्डकी खेलकूद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले शान्ती र समृद्धीका लागि खेलकूद अपरिहार्य रहेको बताउँदै समाजमा खेलकूद बारे चेतना जागृत गराउन आवश्यक रहेको बताए । खेलकूद आयोजनाका हिसावले गण्डकी प्रदेश अग्रभागमा देखिए पनि नतिजामा कमजोर रहेको जिकिर गर्दै गण्डकी प्रदेशको शाखलाई माथी उठाउन प्रदेश खेलकूद परिषद योजनावद्ध रुपमा अघि वढीसकेको उनले बताए ।

सो अवसरमा नवनियूक्त अध्यक्ष तोरण बहादुर बानियाँले खेलकूद विकास नभए सम्म भौतिक विकासले मात्रै प्रदेशको विकास मापन गर्न नसकिने बताए । उनले खेलकूदमा निजी क्षेत्रको सहभागितामा गराउँदै खेल र खेलाडीको विकासमा अधि बढ्ने बताए । उनले समाजका हरेक अङ्गलाई खेलकूद विकासमा जोड्नु पर्ने अहिलेको आवश्यक्ता रहेको औल्याउँदै त्यसका लागि सबैको सहयोगमा आफ्नो टिम अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कास्की जिल्ला खेलकूद विकास समितीका नवनियूक्त उपाध्यक्ष महेन्द्र गुरुङले खेलाडीलाई शुरक्षित वातावरण दिन सके त्यसले थप प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताए ।

गण्डकी प्रदेश सरकारले खेलकूद हालै तोरण बहादुर बानियाँको अध्यक्षतामा मनोनयन गरेका कास्की जिल्ला खेलकूदको उपाध्यक्षमा महेन्द्र गुरुङ (शिव), सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला) रहेका छन । त्यसै गरी सदस्यहरुमा कुमार थिङ, तिलक बहादुर अधिकारी, राजन बडगामी, साङग्रीला केसी मरासिनी, रुम बहादुर गुरुङ, केशव बहादुर थापा, नारायण भण्डारी, मनिशा गुभाजु र नन्दकली नेपाली रहेका छन ।

पदस्थापना कार्यक्रम पश्चात कार्यकक्षमा पुगेको नवनियूक्त पदाधिकारी तथा सदस्यहरुको टोलीलाई कास्की जिल्ला खेलकूद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले स्वागत गरेका थिए ।
तस्विरः सुदर्शन रञ्जित/केशव पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close