गण्डकी प्रदेश यूवा तथा खेलकूद मन्त्रीमा मनाङे

पोखरा स्पोर्टस । गण्डकी प्रदेश यूवा तथा खेलकूद मन्त्रीमा राजिव गुरुङ (दिपक मनाङे) नियूक्त भएका छन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले बिहिबार मन्त्री परिषद विस्तार गर्दै गुरुङलाई प्रदेशको यूवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन । उनी मनाङ १ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । मन्त्री गुरुङले आजनै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन । यूवा तथा खेलकूद मन्त्रालय साविकको सामाजिक विकास मन्त्रालयमा नै राखिएको छ । पदभार अघि मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ लिएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सामाजिक बिकास मन्त्रालय अन्तर्गत रहेको यूवा तथा खेलकूद मन्त्रालयलाई टुक्राएका छन । हाल सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ५ वटा मन्त्रालय मध्येको एक यूवा तथा खेलकूद मन्त्रालय टुक्रिएपछि प्रदेशमा खेलकूद विकास तिव्र रुपमा अघि बढ्ने प्रदेश सरकारले अपेक्षा गरेको छ ।

यूवा तथा खेलकूद मन्त्री गुरुङ २०७६ असार ११ गते तत्कालिन नेकपामा प्रवेश गरेका थिए । मुख्यमन्त्री गुरुङले नै उनलाई पार्टी प्रवेश गराएका थिए । केही दिन अघि मात्रै मुख्यमन्त्री गुरुङ विरुद्ध प्रदेश सभामा प्रस्तुत अविश्वासको प्रस्तावमा मतदान गर्ने र आफू स्वतन्त्र सांसद बताइरहेका उनले अन्तिम समयमा आएर एमाले मनाङ जिल्लाको पार्टी संगठनको निर्णय भन्दै मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close