आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न १९ औं संस्करणको आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई अप्रिला स्कूटर हस्तान्तरण गरिएको छ ।

सहारा क्लव पोखराद्वारा गत चैत २१ देखि २८ गते सम्म सम्पन्न १९ औं संस्करणको आहा ! रारा गोल्डकपका लागि उत्कृष्ट खेलाडी छनोट हुन सफल भएका राजुबाबुलाई स्कुटर हस्तान्तरण गरिएको हो । १९ औं संस्करणको उपाधि विजेता टोली संकटाका गोल रक्षक राजुबावुलाई पोखरामा अप्रिलाका अधिकृत विक्रेता सिताज लाइफ स्टाइलका प्रवन्ध निर्देशक अनुज कुमार बास्तोलाले हस्तान्तरण गरेका छन ।

स्कुटर हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिती रहेको थियो ।

राजुबाबुले प्राप्त गरेको स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मुल्य २ लाख ४६ हजार ९ सय रहेको छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाएको छ । पोखरा रंगशालामा गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close