याम गुरुङ भलिबल संघको कावा अध्यक्षमा

पोखरा स्पोर्टस । नेपाल भलिवल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ कार्यबाहक अध्यक्ष भएका छन ।

काठमाडौमा गत वैशाख ६ गते सम्पन्न संघको कार्यसम्पदान बैठकले वरिष्ठ उपाध्यक्ष गुरुङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो । संघका अध्यक्ष मनोरञ्जन शर्मा आफ्नो व्यक्तिगत कामका लागि विदेश जानु पर्ने भएपछि गुरुङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ ।

पोखरा निवासी गुरुङ २०६१ सालमा केन्द्रिय सदस्यका रुपमा संघमा प्रवेश गरेका उनले करिव १४ वर्ष भन्दा वढी विभिन्न पदमा रहेर नेतृत्व सम्हालेका छन । २०६१ सालमा राष्ट्रिय खेलकूद परिषदले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । २०६४ र २०६९ सालमा सम्पन्न संघको अधिवेशनमा उनी अत्याधिक बहुमतले उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने २०७२ सालको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

कास्की जिल्ला खेलकूद विकास समितीको अध्यक्ष समेत सम्हालिसकेका गुरुङ पोखराको प्रतिष्ठित संस्था वगर भाई खलकको महासचिव हुन भने लोक दोहोरी प्रतिष्ठानको सल्लाहाकार समेत हुन ।

पोखरा स्पोर्टस संग कुरा गर्दै कार्यवाहक अध्यक्ष गुरुङले अव संघको आगामी अधिवेशन लगायतको तयारीमा विशेष ध्यान दिने बताए । उनले भने–“अध्यक्ष शर्माज्यूले मलाई गहन जिम्मेवारी दिनु भएको छ, राखेपको नियमावली आए पछि हामी अधिवेशन गर्नेतर्फ लाग्ने छौं भने जति दिन यो जिम्मेवारी मेरो काँधमा हुन्छ त्यसलाई भलिवल संघ र खेलाडीको हितका लागि अगाडी बढ्ने छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close