त्रिदेशीय टी–२० क्रिकेट सिरिज : नेपाललाई घेरलु मैदानमा उपाधि

पोखरा स्पोर्टस । काठमाडौंमा सञ्चालन भएको त्रिदेशिय क्रिकेट टी–२० क्रिकेट सिरिजमा नेपालको सानदार जित सङ्गै उपाधि हात पारेको छ ।

घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल रनले हराउँदै उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो । २ सय ३९ रन लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्डसविरुद्धको खेलमा कुशल भुर्तेलले अर्द्धशतक प्रहार गरे ।  उनको यो सिरिजमो चौथो अर्द्धशतक समेत हो । भुर्तेलले ५३ बलमा ७७ रन बनाउने क्रममा ३  छक्का र ८ चौका प्रहार गरे । यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । कुशल मल्लले २४ बलमा पाँच छक्का र दुई चौका अविजित ५० रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले अविजित १८ बलमा ३  छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रनको पारी खेले ।

यता नेदरल्याण्डको बलिङतफ फिलिपे वोइसेविनले २ तथा सेवास्टियन ब्राटले १ विकेट लिए । आजको खेलमा नेदरल्याण्डका बलरहरु निकै महङ्गा सावित भए ।

नेदरल्याण्डसले विजय लक्ष्य पछ्याउने क्रममा दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । नेपालको कसिलो वलिङ र उत्कृष्ट क्षेत्ररक्षणका कारण उसले ८ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन मात्रै जोड्न सकेको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन कप्तान पिटस शेलारले १३ रन बनाउनु बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन । तर सेवेस्टिन ब्राटले भने नटआउट रहँदै टिमका लागि २६ रन जोड्न सहयोग गरे ।

नेपालका लागि बलिङमा करण केसीले ३, कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ तथा अविनाश बोहराले १ विकेट लिए । आजको खेलमा ३ विकेट हात पारेका करण म्यान अफ दि म्याच घोषित भए । नेदरल्याण्डसका २ जना खेलाडी तोवियास भियासी र वेन कुपर रन आउट भएका थिए । नेपालले आफ्नो घरेलु मैदानमा एक दशक अर्थात ११ वर्ष पछि सिरिज जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close