बगर भाई खलकद्वारा यूकेबाट आएको टोलीलाई स्वागत (फोटो फिचर)

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले यूकेबाट आएको टोलीलाई सोमबार पोखरामा स्वागत गरेको छ ।

यूकेको टोली पोखरामा आयोजना भइरहेका विभिन्न खेलकूद तथा सामाजिक अभियानका कामहरु अवलोकन गर्न पोखरा आएको सन्दर्भ पारेर स्वागत गरेको हो । कार्यक्रममा यूकेमा रहेको भातृ संस्था बगर भाई खलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङ सहित कमल गुरुङ, मुछेत्र गुरुङ, दिलिप गुरुङ ‘एमविई’, ज्ञाम गुरुङ, दिलरास गुरुङ, लालकाजी गुरुङ, भोज बहादुर घले, क्या.जुन काजी गुरुङ लगायतलाई स्वागत गरेको थियो ।

सो अवसरमा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिवमा तेज बहादुर गुरुङलाई कार्यसफलताको शुभकामना दिदैं बधाई ज्ञापन गरेको छ । उनी उक्त संस्थाका उपाध्यक्ष समेत हुन । कार्यक्रममा संस्थाका सल्लाहाकार चिना गुरुङलाई पावर लिफ्टिङ खेलमा रजत पदक प्राप्त गर्न सफल भएको भन्दै बधाई ज्ञापन गरेको छ ।

यूकेबाट आएको टोलीलाई संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ, प्रमुख सल्लाहाकार दिनेश श्रेष्ठ महासचिब याम गुरुङ, सचिव मनकाजी गुरुङ, सदस्य विजया गुरुङ लगायतले स्वगत गरेका थिए ।

सो अवसरमा वगर भाई खलक कास्की पोखरा र यूेकेको टोली विच एक मैत्रीपूर्ण फुटसल खेल समेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close