“क्रस कन्ट्रिले सात सय कोल्मा बहाकोटको सम्भावनाको ढोका खुलेको छ”–क्या.गुरुङ

पोखरा स्पोर्टस । क्रस कन्ट्रिले सात सय कोल्मा बहाकोट स्याङजाको सम्भावनाको ढोका खुलेको कोल्मा बहाकोट सम्पर्क मञ्च यूकेका विदेश विभाग संयोजक क्या. डोल बहादुर गुरुङले बताएका छन ।

स्याङजा पुतलीबजार वडा नं ९ सात सय कोल्मा बहाकोट धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा समेत निकै रमणिय  छ भने क्रस कन्ट्रिका कारण समेत छुट्टै पहिचान बनाउन सफल भएको क्या.गुरुङले बताएका हुन । दुई सस्करणको क्रस कन्ट्रि भव्य रुपमा सम्पन्न भइसकेता पनि यस पटक भने कोभिड–१९ महामारीका कारण हुन नसकेको उनले बताए ।

राष्ट्रिय खेलकूद परिषदको सहयोगमा निर्माणाधिन फुटबल स्टेडियम लगायत अन्य पूर्वाधारहरुको पनि निर्माणका बारे समेत आफ्ना योजना रहेको सुनाए । उनले भने–“जसरी हामी पञ्चायतकालमा सात सय कोल्मा बहाकोटमा फुटबलको आनन्द उठाउँथ्यौ, त्यो सपना फेरी दोर्हाउने पक्षमा छौं । यो हाम्रो एजेण्डामा छ हामी फेरी पुनः त्यही ठाउँमा फुटबल हेर्ने कल्पना साकार पार्ने योजनामा छौ ।”

पोखरा स्पोर्टस संग कुरा गर्दै संयोजक क्या. गुरुङले क्रस कन्ट्रिकै कारण कोल्माले छुट्टै पहिचान बनाउन सफल भएको धारणा अघि सार्दै भने–“ क्रस कन्ट्रिलाई माध्यम बनाउँदै हामीले सात सय कोल्मा बहाकोटमा खेलकूद र सामाजिक अभियानका कार्यक्रमहरुलाई जोड्न चाहन्छौ ।” समाजमा विदेशिने प्रचलनले आफू जन्मिएको गाउँ ठाउँलाई केही गर्नुपर्छ भन्ने कुरालाई विश्वभरी छरिएर रहेका सात सय कोल्मा बहाकोटका सवै एक जुट हुन थालेको पनि अव नयाँ अभियानका साथ अघि बढ्ने उनको भनाई थियो ।

उनले भने–“गाउँघरमा वढ्दै गएको एक्लोपना समेत यस्ता कार्यक्रमहरुले समाप्त पार्ने छ भने अर्को तिर गाउँको विकासका लागि सहयोगी हातहरु समेत आउनेछन ।” यस्ता कार्यक्रमहरुले गाउँ थलो छोडेर विदेशीने प्रचलनमा समेत कमि आउने उनले बताए ।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले कोरिया, क्यानाडा, जापान, हङकङ लगायत विश्वका धेरै देशमा छरिएर रहेकाहरुलाई एउटै छाता मुनी गोलवन्ध गर्दै अघि वढ्ने निती अनुसार नै विश्वका धेरै ठाउँमा समाजको गठन प्रक्रिया अघि वढेको बताउँदै क्या. गुरुङले भने–“आफ्नो जन्मिएको थलो विर्सेकाहरुलाई पनि अव केही गर्नुपर्छ भन्ने सन्देश पुर्याउन खोजेका थियौं, हामी यसमा सफल भएका छौं । विश्वभरी छरिएर रहेकाहरुले पनि अव हामी केही गर्नुपर्छ भन्ने जोश निकाल्नु भएको छ ।” यसले कोल्मा बहाकोटलाई शहर र विदेशलाई जोड्न सहयोग पुगेको उनले बताए ।

कोभिड महामारी यतिबेला केही न्यूनीकरण हुँदै गएको र अव २०७८ भित्र तेश्रो सस्करणको क्रस कन्ट्रि संगै माउन्टेन वाइक रेसको पनि तयारी थालिएको क्या. गुरुङले जनाएका छन । उनले सात सय कोल्मा बहाकोटको चार थुम भित्र पर्ने सबै क्षेत्रलाई समेटेर माउन्टेन बाइकका लागि सडकको सर्भे लगायतको कामलाई समेत यो वर्ष शुरु गरिने बताए । उनले भने–“गाउँघरमा वढ्दै गएको एक्लोपना समेत यस्ता कार्यक्रमहरुले समाप्त पार्ने छ भने अर्को तिर गाउँको विकासका लागि सहयोगी हातहरु समेत आउनेछन ।” यस्ता कार्यक्रमहरुले गाउँ थलो छोडेर विदेशीने प्रचलनमा समेत कमि आउने उनले बताए ।

दुर्गम ठाउँहरुमा कार्यक्रमहरु सञ्चालन गर्दा शुरक्षा लगायत अन्य विषयमा समेत उत्तिकै सजग हुनुपर्ने धारणा अघि सार्दै क्या. गुरुङ भन्छन–“हामी सँग धेरै योजनाहरु छन चाहे त्यो खेलकूदको होस वा अन्य सामजिक अभियानको, तर यो अभियान हामी खेलकूदबाट जोडन चाहेको भने ठिक कुरा हो ।” उनले राष्ट्रिय खेलकूद परिषदको सहयोगमा निर्माणाधिन फुटबल स्टेडियम लगायत अन्य पूर्वाधारहरुको पनि निर्माणका बारे समेत आफ्ना योजना रहेको सुनाए । उनले भने–“जसरी हामी पञ्चायतकालमा सात सय कोल्मा बहाकोटमा फुटबलको आनन्द उठाउँथ्यौ, त्यो सपना फेरी दोर्हाउने पक्षमा छौं । यो हाम्रो एजेण्डामा छ हामी फेरी पुनः त्यही ठाउँमा फुटबल हेर्ने कल्पना साकार पार्ने योजनामा छौ ।”

३६ वर्ष बेलायतको भूमीमा पसिना बगाएका रिटायर्ड क्या गुरुङको सोचले पक्कै पनि कोल्मा बहाकोटको मुहार फेर्ने र गण्डकी प्रदेशमा सात सय कोल्मा बहाकोटलाई नयाँ गन्तव्यको रुपमा पहचिान बनाउन सफल हुनेमा कुनै दुईमत छैन । यसका लागि सहयोगी मनहरु संगै सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङजालाई अझै दर्हो रुपमा उभ्याउन भने पक्कै खाँचो भने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close