पोखरा टेष्ट क्रिकेट सिरिज : कास्की रातो र निलो बराबरी

पोखरा स्पोर्टस । पोखरामा आयोजित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजमा कास्की रातो र निलोले बराबरीमा टुंगिएको छ । कास्की रातोले दोस्रो दिन दोस्रो इनिङ शुरु गर्दै २५ ओभरमा ४ विकेटको क्षतिमा १३८ रन बनाएपछि सिरिज बराबरीमै टुंगिएको थियो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमा कास्की निलोले पहिलो दिनको इनिङमा १७२ रन बनाउने क्रममा सबै विकेट गुमाएपछि कास्की रातोले आफनो व्याटिङ शुरु गरेको थियो । १०३ रनबाट खेल्न थालेको रातोले दोस्रो दिन १७७ रनमा सबै विकेट गुमाएको थियो । पहिलो इनिङमा निलो ५ रनले पछि परेको अवस्थाबाट आफनो दोस्रो इनिङ शुरु गरेको थियो ।

बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दोस्रो इनिङमा कास्की निलोले ७ विकेटको क्षतिमा १७६ रन बनाउँदै आफनो इनिङको समाप्तीको घोषणा गरेको थियो । कास्की निलोका लागि सोहेल कुँवरले ४४ रनको योगदान दिएका थिए । निरन्जन यादवले ३५ र किरण पौडेलले ३० रन बनाए ।

१७२ रनको लक्ष्य पछ्याएको कास्की रातोले ४ विकेटको क्षतिमा २५ ओभरमा १३८ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । कास्की रातोको लागि गोविन्द विकले पहिलो इनिङमा नटआउट शतकीय पारी खेलेका थिए । उनले दोस्रो इनिङमा समेत ६३ रनको महत्वपूर्ण नटआउट इनिङ खेले । उनको उत्कृष्ट व्याटिङमा दुईदिवसीय टेष्ट सिरिज बराबरीमा टुंगिएको हो ।

पोखरा क्रिकेट क्लबको प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा तीन टोली टेष्ट सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । टेष्ट सिरिजमा कास्कीसहित नवलपुर, बाग्लुङ, तनहुँ र स्याङजाबाट खेलाडी छनोट गरी टोलीमा समावेश गरिएको छ । प्रशिक्षक रिजन प्रजुका अनुसार टेष्ट सिरिजले क्रिकेट विकासमा नयाँ टेवा पुग्ने छ । शुक्रबार कास्की हरियो र रातो बीच पहिलो दिनको खेल शुरु हुने छ ।

क्रिकेट खेलको इतिहास बोकेको टेष्ट सिरिज भने पोखरामा पहिलो पटक परिक्षणको रुपमा आयोजना भएको हो ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close