आहा ! रारा गोल्डकपको उपाधिका लागि अफ्रिकन रुट र संकटा भिड्ने

सहारा एकेडेमी अक्षय कोषका लागि सहयोग

पोखरा स्पोर्टस । १९ औं संस्करणको आहा ! रारा गोल्डकपको उपाधिका लागि पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन र संकटा व्याइज भिड्ने पक्का भएको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लवलाई २–० गोलको हार चख्याउँदै क्यामरुनको अफ्रिकन रुट उपाधि भिडन्तमा पुगेको हो । सेमीफाइनलमा नै हार व्यहोरे पछि नेपाल पुलिस पोखरामा सातौं पटक उपाधि उचाल्ने सपनमा ब्रेक लागेको छ । पुलिसले पोखरा रंगशालामा क्याराभान कप देखि आहा रारा गोल्डकप सम्म ६ पटक उपाधि उचालेको इतिहास छ भने ११ पटकको उपविजेता समेत हो ।

बिहिबार सम्पन्न सेमीफाइनलमा पुलिसलाई उपाधि उचाल्ने सपनामा त्यती खेर धक्का लाग्यो जव खेलको तेश्रो मिनेटमा नै गोल खान पुग्यो । गोलकिपर सञ्जित श्रेष्ठले डिफेण्डरलाई दिएको छोटो पासलाई डि वक्स भन्दा बाहिरबाट नै मौसाले खोसेर बसेक्कलाई पास दिए । डि वक्स भित्रै अनमार्क रहेका वसेक्कले कुनै गल्ती नगरी बललाई गोलको दिसा देखाए । फिजिकली निकै फिट देखिएको अफ्रिकन रुटले दोश्रो गोल खेलमा थपिएको अन्तिम सेकेण्डमा गर्न पुग्यो । उक्त गोल मौसाले गरेका थिए । खेलमा पहिलो गोलका लागि एसिष्ट गरेका र दोश्रो गोल आफैले गरे पछि मौसा खेलको म्यान अफ दि म्याच घोषित भए ।

१९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल शनिबार दिनको २ बजे हुने छ । संकटा र अफ्रिकन रुट्स पहिलो पटक इतिहास रच्दै आहा रारा गोल्डकपको फाइनलमा स्थान पक्का गरेका हुन । यूवा खेलाडीले सुसज्जित संकटा र फिजिकली फिट र अन्तर्राष्ट्रिय अनुभव बोकेको पाहुना टोली अफ्रिकन रुट्सको फाइनल खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

बिहिबार खेलको शुभारम्भ गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङले गरेका थिए । यसै गरी खेलको म्यान अफ दि म्याचको ट्रफी र नगद हस्तान्तरण राखेप सदस्य राजेश गुरुङ र सदस्य सचिव गुरुङले प्रदान गरेका थिए ।

सहारा एकेडेमी अक्षय कोषका लागि सहयोग
सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका लागि सहारा यूकेका अध्यक्ष लगायत पदाधिकारीहरुले आर्थिक सहयोग गरेका छन । क्लवका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार सहारा यूकेका संस्थापक अध्यक्ष समेत रहेका सर्पोट नेपालका संस्थापक नविन गुरुङले सर्पोट नेपालकातर्फ बाट ५६ हजार नगद सहयोग गरेका छन । सपोर्ट नेपालले यो सहयोग सहित ३ लाख ९२ हजार सहयोग गरिसकेको छ ।

यसै गरी सहारा एकेडेमीका लागि सहारा यूकेका अध्यक्ष कुमार गुरुङले ९ हजार सहयोग गरेका छन । अध्यक्ष गुरुङले यो सहित एकेडेमीको कोषको लागि १ लाख ३० हजार सहयोग गरेका छन भने सहारा यूकेका उपाध्यक्ष ले कुशाङ गुरुङले ५४ हजार ८ सय २६ नगद सहयोग गरेका छन । उपाध्यक्ष गुरुङले यो सहित १ लाख ५ हजार ८ सय २६ रुपैयाँ सहयोग गरेको महासचिब अधिकारीले पोखरा स्पोर्टसलाई बताए ।

यसै विच सहारा एफसी यूकेका चियरमेर कृष्ण गुरुङले सहारा एकेडेमीको कोषका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन । उनले उक्त रकम आफ्ना वुवा मार्फत सहारा क्लवका अध्यक्ष केशब बहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन । उनले यो सहित १ लाख १ हजार १ सय ९९ सय रुपैयाँ सहयोग गरिसकेका छन भने सहारा यूकेका सल्लाहाकार दिलरास गुरुङले कोषका लागि नगद ५० हजार सहयोग गरेका छन ।

सहारा एकेडेमीकै लागि सहारा यूकेका सल्लाहाकार क्या. भिम बहादुर गुरुङले ५९ हजार ९ सय ७७ रुपैयाँ र सदस्य जुनकाजी गुरुङले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन । नयाँ सहयोगीहरुको तर्फबाट कूल १ लाख ६५ हजार ५ सय ३२ रुपैयाँ तथा सर्पोट नेपाल यूके, अध्यक्ष कुमार गुरुङ, ले कुशाङ गुरुङ, सहारा एफसी चियरमेन कृष्ण गुरुङको सहयोग समेत १ लाख ६९ हजार ८ सय २६ गरी कूल ३ लाख ३५ हजार ३ सय ५८ रुपैयाँ सहारा सहारा एकेडेमीको अक्षयकोषका लागि हस्तान्तरण गरिएको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसाई जानकारी दिए ।

सहारा हङकङको सहयोग
सहारा क्लवको भातृ संस्था सहारा हङकङले पोखरामा जारी १९ औं सस्करणको आहा रारा फुटबल प्रतियोगिताका लागि नगद २ लाख ४८ हजार रुपैयाँ सहयोग गरेको छ । आज एक कार्यक्रमका विच सहारा हङकङका उपाध्यक्ष विल तामाङ, कार्य समिती सदस्यद्वय ओम गुरुङ र गगन गुरुङ तथा सल्लाहाकार गंगा बहादुर गुरुङले संयूक्त रुपमा उक्त सहयोग रकम सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए । तस्विरः सुदर्शन रञ्जित
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close