लिग भलिबल महिलातर्फ पुलिस र डायमण्ड उपाधीका लागि भिड्ने

पोखरा स्पोर्टस । नेपाल पुलिस क्लब र ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ उपाधीका लागि भिड्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको बुधबार सम्पन्न लिगको अन्तिम खेलमा चिर प्रतिद्वन्दि एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै डायमण्ड फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेशका लागि दुवै टोलीलाई जित आवश्यक रहेको अवस्थामा डायमण्डले २५–२१, २६–२४, १४–२५ र २५–२१ ले जितलाई आफ्नो पक्षमा पारेको छ ।

डायमण्डको ५ खेलबाट १३ अंक भएको छ । आजै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–०को सोझो सेटले पराजित गर्दै फाईनलमा स्थान बनाएको हो । पुलिसले आर्मीलाई २६–२४, २५–१७, २८–२६ ले पराजित गरेको हो । पुलिसको ५ खेलबाट ११ अंक रहेको छ । यस्तै एपिएफको १० र आर्मीको ८ अंक रहेको छ । एपिएफ तेश्रो र आर्मी चौथो भएका छन् । यस्तै भरतपुर मेट्रो ३ अंकका साथ पाँचौ र कुनै पनि अंक नजोडेको ढोरपाटन स्पोर्टस् क्लब छैटौ स्थानमा रहेका छन् । प्रतियोगिताममा महिला तर्फ ६ टिमको सहभागिता रहेको थियो ।

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ बुलबुले रारा क्लबले नयाँबजार समाज युवा क्लबलाई ३–० सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । यो संगै बुलबुलेको १२ अंक भएको छ । बुलबुलेले २५-१९, २५-१२, २५-२१ ले जित निकाल्दै आफ्नो खातामा १२ अंक पु¥याएको हो । अव फाईनल प्रवेशका लागि बुलबुलेले टिपटप हेल्प नेपाल र नेपाल एपिएफको खेलको प्रतिक्षा गर्नु पर्ने छ ।

एपिएफले यदि हेल्प नेपाललाई पराजित गरेको खण्डमा एपिएफ र हेल्प नेपाल बिच उपाधीका लागि प्रतिस्पर्धा हुने छ । हेल्प नेपाल यस अघिनै फाईनल प्रवेश गरिसकेको छ । हेल्प नेपालको ५ खेलबाट १५ अंक रहेको छ भने एपिएफको १० अंक छ । बुलबुले राराको ६ खेलबाट १२ अंक रहेको छ । नेपाल पुलिसले आज भएको प्रतिपर्धामा आर्मीलाई ३ । ० ले पराजित गर्दै ११ अंक बनाएको हो । पहिलो र दोश्रो सेटमा आर्मीलाई १९-२५, २३-२५ को नजितजा सुम्पेको पुलिस खेलमा फर्कदै तेश्रो सेटमा २६-२४, चौथोमा २५-२३ र पाँचौ र निर्णायक सेटमा १५-११ ले जित निकालेको हो । आर्मीको को ९ अंक रहेको छ ।

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टिमबिच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close