संकटा १९ औं आहा ! रारा गोल्डकपको उपाधि नजिक

पोखरा स्पोर्टस । विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा ! रारा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

पोखरा रंगशालामा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलको खेलमा संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान १–१ गोल गरे ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । तस्विरः सुदर्शन रञ्जित
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close