पोखरामा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा अप्रिल ६ तारिख विश्व टेबुलटेनिस दिवसको अवसरमा पोखरामा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले गरेका हुन । सो अवसरमा उनले कुनै पनि खेलका खेलाडीहरुले लगनशीलता, निरन्तरता र अनुशासनको पालना गर्दै नियमित प्रशिक्षण गरिरहे खेलकूद विकासमा सहयोग पुग्ने बताए ।

संघका अध्यक्ष उत्तम जोशीले टेबलटेनिस खेलको सम्भाव्यता भएतापनि खेलाडिहरुलाई नियमित प्रशिक्षण दिने स्थायी ठाउँ नभएको गुनासो व्यक्त गरेका थिए । उनले कास्की जिल्लाले राम्रो खेलाडी उत्पादन गर्दै आएको र आगामि दिनमा नियमित प्रशिक्षण दिइने बताए ।

प्रतियोगितामा १६ वर्ष माथिको उमेर समुहमा महिला तर्फ १६ वर्ष माथिको उमेर समुहमा मुना थापा प्रथम, निर्मला ओली द्वितिय, ज्योति गुरुङ तृतिय र सिमरन गुरुङ तथा १६ वर्ष मुनिको प्रतियोगितामा अंकिता गुरुङ प्रथम, अनुशा गौतम द्वितियमा, तृतिय स्थानमा तृषा गुरुङ र सपना गुरुङ भएका छन् ।

त्यसै गरी १६ वर्ष माथिको उमेर समुहमा पुरुष तर्फ १६ वर्ष माथिको उमेर समुहमा प्रथम सुमेस लामा, द्वितिय अनुज कुँवर, तृतियमा रुप गुरुङ र दिपकराज गिरी, १६ वर्ष मुनि प्रथम सुलभ केसी, द्वितियमा प्रितम गुरुङ, तृतियमा मिलन खड्का र विवेक तामाङ भएका छन् ।

राइजिङ प्लेयरको उपाधि दिपसन शाही ठकुरी र सोनिया गुरुङले प्राप्त गरेका थिए । विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश वरालले मेडल प्रदान गरे भने संघका उपाध्यक्ष निर्मला वरालले प्रमाण पत्र प्रदान गरे ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close