आहा ! रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन मनाङलाई संकटाले हरायो

पोखरा स्पोर्टस । आहा ! रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लबलाई सङ्कटा क्लबले हराएको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेश्रो क्वाटरफाइनल खेलमा मनाङलाई संकटाले १—० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । संकटाको जितमा विदेशी खेलाडी फोफोनाले खेलको ४४ र्औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

सुवास गुरुङको पासमा फोफोनाले उत्कृष्ट गोल गरेका हुन । खेलको सुरुमा केही दबाबमा पारेको मनाङले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा आहा रारामा पाएको सफलताको साख १९ औं सस्करणमा जोगाउन सकेन ।

मनाङका प्रक्षिशक सुमन श्रेष्ठले यसपटक आफुहरु बिदेशी खेलाडीहरु विना नै मैदानमा उत्रिंदा हार व्यार्होनु परेको बताए । उनले भने–“हामीले यसलाई ट्रायलको रुपमा अगाडी बढाएका थियौं तर हार व्यहोर्नु पर्यो ।” आफुहरुले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको उनले जनाए ।

यता संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले आफुहरुको टिम स्प्रिटका कारण जित भएको बताए । पाएका केही अवसरमा गुम्दा गोल अन्तर फराकिलो पार्न नसकिएको उनको भनाई थियो ।

आहा रारामा हालसम्म १० पटक फाईनलमा यात्रा गरेको मनाङले दोश्रो, तेश्रो, १० औं, १४ औं, १५ र १८ औं संस्करणको उपाधि सहित ६ पटक विजेता भएको छ । मनाङ सवै भन्दा बढी सफलता हात पार्ने टिममा आफूलाई आहा राराको इतिहासमा उभ्याएको छ ।

भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेलमा थ्रि—स्टार क्लव बिरुद्ध विभागिय टोली नेपाल पुलिस क्लव बिच खेल हुने भएको छ । भोली हुने खेल निकै आकर्षक र संघर्षपूर्ण हुने आयोजकले जनाएको छ । तस्विरः सुदर्शन रञ्जित
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close