
पोखरा स्पोर्टस । नेपालमा नै पहिलो पटक वालुवामा खेल्न मिल्ने विच फुटबल मैदान पोखरा महानगर पालिका वडा नं २५ हेम्जामा निर्माण भइरहेको छ ।
हेम्जामा विच फुटबलको मैदान निर्माण भए संगै पोखरेली यूवाहरुले विच फुटबलको आनन्द आफ्नै घर आङनमा उठाउन पाउने भएका हुन । करिव १ करोड २५ लाखको लागतमा केही यूवाहरुले मिलेर विच फुटबल मैदान निर्माण शुरु गरेका हुन । पोखराको पर्यटकिय स्थल लेकसाइडमा नेपालको एक मात्रै सुविधा सम्पन्न विच भलिवल मैदान भए सँगै हेम्जामा निर्माण हुने विच फुटबलले पनि पोखरालाई खेलकूदको नयाँ पूर्वाधारको रुपमा चिनाउने भएको छ ।
फुटबल विकासमा छुट्टै छाप छोड्न सफल हेम्जामा दुई वटा अन्तर्राष्ट्रियस्तरका फुटबल मैदान निर्माण सम्पन्न भइसकेका छन । अव निर्माण सम्पन्न हुने विच फुटबल मैदानले समेत हेम्जालाई नेपालमा नै विच फुटबलको गन्तव्यको रुपमा चिनाउन सफल हुने कार्कीले बताए ।
करिव ३७ मिटर लम्वाई र २८ मिटर चौडाईको अन्तर्राष्ट्रिय मापदण्डको विच फुटबल मैदान निर्माण शुरु गरिएको कास्की जिल्ला फुटबल संघका महासचिव समेत रहेका रमेश कार्कीले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो मैदान हामी निजी खर्चमा निर्माण गरिरहेका छौं ।” यतिबेला पोखरामा व्यवसायिक रुपमा वग्रेल्ती खुलेका फुटसल जस्तै गरी विच फुटबल समेत व्यवसायिक रुपमा अघि बढाउने सोच रहेको कार्कीले बताए ।
यसो त कास्कीको माछापुच्छ्रेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्व फुटबल संघहरुको छाता संस्था फिफाको सहयोगमा भिडावारीमा निर्माण गर्ने भनिएको एन्फा टेक्निकल सेन्टरमा दुई वटा विच फुटबल मैदान निर्माण हुने यस अघि नै जनाइसकेको छ । तर विविध कारणले टेक्निकल सेन्टरको निर्माण अघि वढ्न सकेको भने छैन ।
नेपालमा पहिलो पटक निर्माण हुने विच भलिवल मैदानले नेपालको फुटबल विकासमा नयाँ आयाम थप्ने विश्वास महासचिव कार्की व्यक्त गर्छन । ५–५ जना खेलाडी गरी खेल्न मिल्ने विच फुटबलमा जमिन देखि करिव ५ इन्च माथी सम्म विशेष प्रकारको वालुवा राखिएको उनले बताए । “यो मैदान हामीले पुरै अन्तर्राष्ट्रियस्तरको निर्माण गरेका छौं, निर्माणको क्रममा सानो–सानो कुरालाई समेत कुनै चुक नहोस भन्नका लागि पुरै ख्याल गरेका छौं,–उनले भने ।
मैदान निर्माण पछि धेरै यूवाहरु विच फुटबलमा आकर्षण बढ्ने कार्कीले बताए । उनले एक खेल मैदान सहित एक प्रेक्टिस मैदान पनि सँग–सँगै निर्माण गरिएको बताए । खाली खुट्टा खेलिने यो खेलका आफ्नै नियम रहेको छ । विश्वमा वालुवामा खेल्ने खेलको आकर्षण बढ्न थाले पछि ठूला–ठूला अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु समेत हुँदै आएका छन भने विभिन्न अन्तर्राष्ट्रिय खेलकूदका छाता संस्थाका महासंघहरुले समेत विच खेललाई अनिवार्यता पनि गरिसकेका छन ।
फुटबल विकासमा छुट्टै छाप छोड्न सफल हेम्जामा दुई वटा अन्तर्राष्ट्रियस्तरका फुटबल मैदान निर्माण सम्पन्न भइसकेका छन । अव निर्माण सम्पन्न हुने विच फुटबल मैदानले समेत हेम्जालाई नेपालमा नै विच फुटबलको गन्तव्यको रुपमा चिनाउन सफल हुने कार्कीले बताए ।
Aha Rara Advt