एनभिए क्लब लिग भलिबल : नेपाल पुलिसका दुवै टोली फाईनलमा

पोखरा स्पोर्टस । नेपाल पुलिस क्लबका महिला र पुरुषतर्फका दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० को फाईनल प्रवेश गरेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिला तर्फको शुक्रबारको अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलको अविजित यात्रा तय गरेको हो ।

पुलिसले डायमन्डलाई २५–२०, २५–१४, २५–१७ ले पराजित गरेको हो । यस जितका साथ पुलिसले आफ्ना पाँचै खेल जित्दै १५ अंकका साथ पहिलो स्थान प्राप्त गर्यो । पुलिसले उपाधीका लागि एपिएफको सामना गर्नेछ । एपिएफ ११ अंकका साथ दोश्रो स्थानमा छ ।

आजै सम्पन्न महिलाको दोश्रो खेलमा आर्मीले गण्डकी प्रदेश माथी २५–१८, २५–१२, २५–१५ को जित हात पारेको छ । आर्मीको ८ अंक भएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको पुरुष तर्फको खेलमा जित्नै पर्ने दवावका साथ कोर्टमा उत्रेको पुलिसले एपिएफ माथी ३–० को सोझो सेटमा बिजय पायो । पुलिसले २५–२२, २५–१३, २५–१५ ले एपिएफलाई हराएको हो । यसका साथ एक खेल हारेको पुलिसको १५ अंक भएको छ । पुलिसले फाईनलमा टिपटप हेल्प नेपाल संग प्रतिस्पर्धा गर्नेछ । टिप टपले फाइनल पुग्ने दावेदार रहेको आर्मीलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको छ । नेपाली राष्ट्रिय टोली सम्मिलित नेपाल आर्मी पराजय संगै काभा च्याम्पियनसिप खेल्ने सपना अधुरो बन्यो 

पुरुष तर्फकै गण्डकी प्रदेश भलिबल क्लब र दावाँली मिलन क्लबविच भएको खेलमा गण्डकीले जित हात पारेको छ । गण्डकीले दावाँलीलाई २५–२१, २५–१५, २५–१६ ले जित हात पार्दै ३ अंक बटुल्यो । यस जितका साथ गण्डकीको ६ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close