पोखरामा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा स्पोर्टस । कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको वैठकमा कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्ष माथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुबै तर्फका प्रथम, दितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले वताए ।

बैठकले तुलसीपुर युथ क्लबको आयोजनामा दाङमा हुन गइरहेको टेबलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट सहभागी हुन एक जना अफिसियल र ४ जना खेलाडी छनौट गरेको छ । अफिसियलमा संघका कार्यसमिति सदस्य कृष्ण रानाभाट र खेलाडीहरुमा दिपकराज गिरी, अनिसा गौतम, अंकीता गुरुङ र सुलभ केसी रहेका छन् ।

साथै बैठकले २०७८ सालको क्यालेण्डर प्रकाशनको लागि संयोजकमा कृष्ण रानाभाट र सदस्यमा सुरेश केसीलाई जिम्मेवारी प्रदान गरेको छ । सुरेश केसीलाई बैठकले संघको सल्लाहकारमा नियुक्त गरेको छ ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close