तनहुँका रेस्लर सूर्य बहादुर गुरुङ ‘थागु’ भिड्दै छन पोखरामा यहि चैत २० गते

पोखरा स्पोर्टस । तनहुँ देवघाट ५ का सूर्य बहादुर गुरुङ अर्थात ‘थागु’ यहि चैत २० र २१ गते हुने राष्ट्रिय रिङ रेस्लिङमा भिड्दैछन ।

रेस्लिङमा आफ्नो छुट्टै पहिचान बनाएका थागुले २०७३ सालबाट रेस्लिङ शुरु गरेका हुन । अन्य खेलाडी जस्तै उनले पनि टिभीबाट प्रशारण हुने रेस्लिङ हेरेर नै रेस्लिङ खेल प्रती आकर्षण बढेको बताउँछन ।

टिभीमा हेरे जस्तै गरी नेपालमा रेस्लिङ खेल्छु भनेर कल्पना गर्नु त्यती सहज थिएन थागुलाई । तर उनी हार मानेका थिएनन । टिभीमा देखा पर्ने रेस्लरहरुको शिप र कलालाई एक–एक गर्दै आत्मसात गर्दै गए । उनको भेट भयो नेपाली स्थापित रेस्लर नुवाकोटे टाइगर सँग । अनि थागुका गुरु बने नुवाकोटे टाइगर ।

गुरुङको छोरा लाहुरे बन्नुपर्ने हो । लाहुरे भएर वुट पड्काउँदै घर फर्किनु पर्ने थागु नेपाली रेस्लिङको पहिचानका लागि ३८ वर्षको उमेरमा पनि थाकेका छैनन । उनको एक मात्र चाहना हो रेस्लिङ खेल मार्फत विश्वमा नेपालको झण्डा फहराउनु । उनको रेस्लिङ प्रतीको लगावले पक्कै पनि खेल हेर्ने दर्शको मन जित्नेमा दुई मत छैन ।

नुवाकोटे टाइगर तथा रेस्लिङ सम्म पुग्नु नै आफ्ना लागि सौभाग्यको कुरा ठान्ने थागु त्यो नुवाकोटे सँग भेट्नु अत्यन्तै खुसीको क्षण भएको बताउँछन । करिव १८ महिना पछि रेस्लिङको पहिलो फाइट काठमाडौं रंगशालामा खेलेका उनले इटहरी, पोखरा काठमाडौं गरि विभिन्न ९ वटा भिडन्तमा सहभागी भएका छन । जस मध्ये ६ वटा मा जित हासिल गरेका छन भने ३ वटा मा हार बेहोरेका छन । हार र जितलाई समेत नजिक बाट नियालेका उनले यसलाई जिवनको अभिन्न अङ्गको रुपमा लिन्छन । जित र हारमा कहिल्यै नआत्तिने उनी हरेक खेलबाट नयाँ पाठ सिकेको बताउछन ।

थागु पनि पोखरेली दर्शक आफ्नै गण्डकी प्रदेशका दर्शक माझ खेल जितेर सवैलाई धन्यवाद दिन चाहेका छन । उनी भन्छन–“मेरो प्रदेशको राजधानी पोखरामा हुने तमाम दर्शकलाई मेरो खेल हेर्न र मलाई उर्जा भर्न आउन आग्रह गर्छु ।”

नेपाल सम्पन्न ९ वटा रेस्लिङ खेल मध्ये उनले ४ वटा अन्तर्राष्ट्रिय रेस्लिङमा सहभागिता जनाएका छन । त्यस्तै नेपाल बाहिर पनि उनले मित्र राष्ट्र भारतमा समेत नेपाली रेस्लिङको उचाईलाई कायम गर्दै जित दर्ता गरेका छन । प्रशिक्षणकै सिलसिलामा नेपाल रिङ्ग रेस्लिङ संघको निमन्त्रणामा आएका अमेरिकन प्रशिक्षक संग उनले ६ महिना प्रशिक्षण लिएका छन । पोखरामा यहि चैत २० र २१ गते हुने प्रतियोगिताका लागि समेत उनले कडा मेहनत गरेका छन । आफ्नो मेहनतले पक्कै पनि खेल शत प्रतिशत जित्नेमा उनी आशावादी छन ।

गुरुङको छोरा लाहुरे बन्नुपर्ने हो । लाहुरे भएर वुट पड्काउँदै घर फर्किनु पर्ने थागु नेपाली रेस्लिङको पहिचानका लागि ३८ वर्षको उमेरमा पनि थाकेका छैनन । उनको एक मात्र चाहना हो रेस्लिङ खेल मार्फत विश्वमा नेपालको झण्डा फहराउनु । उनको रेस्लिङ प्रतीको लगावले पक्कै पनि खेल हेर्ने दर्शको मन जित्नेमा दुई मत छैन । थागु पनि पोखरेली दर्शक आफ्नै गण्डकी प्रदेशका दर्शक माझ खेल जितेर सवैलाई धन्यवाद दिन चाहेका छन । उनी भन्छन–“मेरो प्रदेशको राजधानी पोखरामा हुने तमाम दर्शकलाई मेरो खेल हेर्न र मलाई उर्जा भर्न आउन आग्रह गर्छु ।”
Aha rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close