
पोखरा स्पोर्टस । रिङ रेस्लिङ खेल आफैमा मनोराञ्जनपूर्ण खेल मात्रै होइन यो प्यासन हो । विश्वका कुनै पनि उमेर समुहका लाई आकर्षणको रुपमा रहेको यो खेलको विकासका लागि समेत विगत केही वर्ष यताबाट निकै राम्रा प्रयासहरु भएका छन ।
टेलिभिजनको पर्दामा रिङ रेस्लिङ खेलमा झुम्मिनेहरु करौडौ छन । नेपालमा समेत आकर्षणको रुपमा रहेको यो खेलको विकासका लागि नेपाल रिङ रेस्लिङ संघले महत्वपूर्ण भूमिका खेलेको छ । रेस्लिङ खेलको विकास सँगै खेलाडीको उत्पादनमा वढी भूमिका खेलेको बताउँछिन संघकी महासचिव सुवर्ण श्रेष्ठ । संघले उत्पादन गरेका खेलाडी मध्ये एक हुन कमल तामाङ अर्थात नुवाकोटे टाइगर ।
नुवाकोट शिवपुरी गा पा ६ मा स्थायी घर भएका नुवाकोटे टाइगरलाई यो खेल प्रति आकर्षण टिभीबाटै शुरु भएको हो । तर नेपालमा यो खेलको विकास आधार तयार नहुँदा सम्म उनी मार्शल आर्ट खेलतर्फ छिरे । उनले मार्शल आर्टमा मेहनती खेलाडीको रुपमा आफूलाई दर्ज गराउँदै लगातार तिन वर्ष सम्म उत्कृष्ट बने ।
तर उनलाई एउटा कुरा निकै खट्किन्थ्यो । जव टिभी हेर्न वस्थे आफ्नो ध्यान पुरै रेस्लिङमा हुन्थ्यो । उनलाई मार्शल आर्टमा खासै रुची थिएन । उनी रेस्लिङबाटै आफ्नो भविष्य कोर्न चाहन्थे । उनलाई यो अवसर संघले जुरायो । जापानीज, अमिरिकन, यूरोपियन ,रेस्लर हरुबाट प्रशिक्षकको तालीम लिए । उनले भने–“अनि हामी मिलेर राष्ट्रिय खेलकुद परिषदमा नेपाल रिङ रेस्लिङ संघ दर्ता गरेर लैनचौर मा रेस्लिङ डोजो खोल्यौं, नयाँ रेस्लर हरु लाई तालिम दिन शुरु भयो ।”
त्यस बीचमा नेपालमा तामाङले धेरै रेस्लिङ खेलमा सहभागि भए । धेरैे खेलहरु जिते । विभिन्न देशहरुमा गएर भागलिए र जितेर पनी आए । रिङ रेस्लिङमा शुरु भएको यात्रा यति धेरै अवस्मरणिय रह्या की उनले हौसिदै भने–“मैले रिङ रेस्लिङमा प्राप्त उपलव्धीकका कारण धेरै सम्मान पाए, जुन कुराले मलाई झन हौसला मिल्यो अनि पछि फर्किएर हेर्न परेको छैन ।”
संघले स्थापना गरेको डोजोमा यतिबेला ३५ भन्दा खेलाडीहरु दैनिक प्रशिक्षण लिन्छन । ३१ वर्षिय नुवाकोटे त्यही डोजोमा अहिले पनि प्रशिक्षण मात्रै गराउँदैनन आफू पनि सिक्छन । उनको सपना हो नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय एरिना पुर्याउनु । कुनै वेला टिभी हेर्दा आफूले देखेको सपना पुरा हुनेमा उनी विश्वस्त छन । यतिबेला पोखरामा यहि चैत २० र २१ गते हुने राष्ट्रिय रेस्लिङको तयारीमा जुटेका उनी आफ्नो सफलताका लागि तमाम खेलप्रेमीहरुलाई दिन चाहन्छन । उनी भन्छन–“पोखरामा हुने खेलमा धेरै भन्दा धेरै दर्शक आउन र हाम्रो खेललाई नजिकबाट हेरेर हामीलाई अझै हौसला दिउन ।”
सपना धेरैले देख्छन । तर सपना वास्तविक जिवनमा परिणत गर्न अनुशासन र लगनशिलताको खाँचो पर्छ । हजारौ नेपाली खेलाडीको भिडमा छुट्टै पहिचान बनाउन सफल नुवाकोटे टाइगरको नाम त्यसै नेपाली खेलप्रेमीको मुखमा झुन्डिएको छैन । उनले असख्य नेपाली फ्यान कमाएका छन । आफैले देखेको सपनालाई सफलिभूत बनाउन नेपाली भूमीमा खेलकूद मार्फत धेरै पसिना बगाएका छन । यस्ता खेलाडीलाई खेलप्रेमीहरुले मात्रै होइन राज्यले समेत सोच्न आवश्यक छ । नेपाली झण्डालाई खेलकूद मार्फत अन्तर्राष्ट्रिय एरिनामा पुर्याउन पक्कै पनि नुवाकोटे टाइगरको यो पहलका लागि सलाम ।
Aha rara AdvtPokhara Marathon Advt