पोखरा विश्वविद्यालय टि–२० क्रिकेटको राखेप सदस्य गुरुङले गरे उद्घाटन

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषदका (राखेप) सदस्य राजेश गुरुङले पोखरा विश्वविद्यालय टि–२० क्रिकेट लिग सिजन ४ को एक कार्यक्रमका विच उद्घाटन गरेका छन ।

पोखरा रंगशालामा सोमबार बाट शुरु भएको पोखरा विश्वविद्यालय क्रिकेट क्लवद्वारा आयोजित आयोजित उक्त प्रतियोगिताको राखेप सदस्य गुरुङले उद्घाटन गरेका हुन । सो अवसरमा वोल्दै राखेप सदस्य गुरुङले खेल सँगै पोखरा रंगशालाको वातावरण स्वच्छ बनाउन खेलाडीहरुले रंगशालाको सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने कुरा औंल्याए । उनले प्रतियोगिताको सफलताको लागि नगद ५० हजार समेत प्रदान गरिसकेका छन ।

कार्यक्रममा अनिरास्ववियू स्थायी कमिटीका सदस्य नरेश रोक्काले यस प्रकारका प्रतियोगिताले अध्ययन सँगै यूवाहरुलाई खेलप्रति आकर्षण वढाउन सहयोग मिल्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारश खड्काले नेपाली क्रिकेट खेल विकासका लागि अझै धेरै यूवाहरुलाई समेट्दै अगाडी वढन सके क्रिकेट खेल विकासले गति लिने बताए ।

प्रतियोगितामा पोखरा विश्वविद्यालय विभिन्न आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीहरुको ८ टिम प्रतियोगितामा सहभागिता जनाउँदै छन । प्रतियोगितामा गोरखाली वलाष्टर्स्, पियू राइनोज, स्टिल्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाइगर्स, पियू रेड वारियर्स, अन्नपूर्ण किङ ११ र गण्डकी स्टाइकर्स रहनेछ । हरेक टिममा २–२ जना राष्ट्रिय टिमका खेलाडीहरु अनुवन्ध भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख २५ हजार, उपविजेताले ७० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी म्यान अफ दि सिरिजलाई नगद ५ हजार, वेष्ट बलरलाई नगद २ हजार ५ सय, वेष्ट बलरलाई २ हजार ५ सय र म्यान अफदि म्याच हुने खेलाडीलाई नगद १ हजारका साथमा ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिव २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम पोखरा विश्वविद्यालय क्रिकेट क्लवका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको थियो ।
Aha Rara ADVT

Pokhara Marathon ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close