दोश्रो १० के रोड रेसमा गोपीचन्द्र र सन्तोषीको रेकर्ड व्रेक

पोखरा स्पोर्टस । नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा काठमाडौंमा शनिबार आयोजित ‘बीर गणेशमान सिह १० के रोड रेस’मा नयाँ रेकर्ड सहित गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले रेकर्ड व्रेक सहित दौड जितेका छन ।

गोपीचन्द्र र सन्तोषीले आफ्नै नाममा रहेको रेकर्ड व्रेक गर्दै दौड जितेका हुन । पुरुषतर्फको दौडमा गोपीचन्द्रले ३१ मिनेट ४४.४९ सेकेण्डमा दुरी पार गर्दै ६० हजार नगद हात पारेका छन । गोपीचन्द्रले गत वर्ष आफ्नै नाममा रहेको रेकर्ड ३२ मिनेट ०१.२ सेकेन्डलाई सुधार गरेका हुन । पुरुषतर्फ ३ सय ५० भन्दा वढी धावकहरुको सहभागिता रहेको थियो ।

यता महिलातर्फ आफ्ना ५० जना भन्दा वढी प्रतिद्वन्दीहरुलाई उछिन्दै सन्तोषीले गत वर्षको आफ्नो ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड तोड्दै ३७ मिनेट ५३.४४ सेकेण्डमा दुरी पार गरेर नगद ६० हजार हात पार्न सफल भइन ।

पुरुष र महिलातर्फ दुवैले आफ्नो रेकर्ड तोडे सँगै थप पुरस्कारको राशी समान १०–१० नगद हात पारेका छन ।

यसै गरी पुरुषतर्फ भारतिय सेनामा कार्यरत पर्वतका अनिश थापा मगर ३१ मिनेट ५०.४९ मा दुरी पार गर्दै दोश्रो भए भने ३१ मिनेट ५६.३८ दुरी पार गर्र्दै तिर्थ पुन तेश्रो भएका छन । उनीहरुले क्रमश नगद ३० र १५ हजार प्राप्त गरे । यस्तै गजेन्द्र थापा चौंथो र नरेन्द्र रावत पाँचौं भए । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुने खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै रामजी बस्नेत छैटौं, जितेन्द्र दनुवार सातौं, नरेश बुढा आठौं, सन्तोषविक्रम विष्ट नवौं र टंक कार्कीले १०औं स्थान हासिल गरे । उनीहरु सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर पाए ।

यता महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई ३९ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोश्रो भइन । उनले नगद ३० हजार हात पार्दा शसस्त्र प्रहरीकी फुलमती रानाले ४० मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दै तेश्रो हुँदै नगद १५ हजार हात पारिन । यसै गरी नेपाल आर्मीकी पुर्ण लक्ष्मी न्यौपाने र नेपाल प्रहरीकी विर्शना कुमाल क्रमश चौथो र पाँचौ स्थान प्राप्त गर्दै दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी आशा राउत छैटौं, सरस्वती बोहरा सातौं, बन्दना राई आठौं, निर्मला राई नवौं र कागज विष्टले १०औं स्थान हात पारे । उनीहरु सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यसै गरी महिला र पुरुषतर्फ दुवै छैटौ देखि १० औं स्थान हासिल गर्ने धावकहरुलाई ४–४ हजारको गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको आयोजक कमिटीका सदस्य राजन खत्रीले जानकारी दिएका छन ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।

विजेता खेलाडीलाई पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुवास श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायले पुरस्कार प्रदान गरेका थिए ।

Aha Rara Advt.
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close