मुस्लिम आयोगका अध्यक्ष अन्सारी पोखरा रंगशालामा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौ राष्ट्रिय खेलकूद घोषणा भएको दुई वर्ष विते पनि कोभिड पछि भने यसको तयारीबारे जानकारी लिन तथा पोखरा रंगशाला अवलोकन गर्ने कार्य भने दिनानुदिन तिव्र बन्दै गएको छ ।

यसै क्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिममिंया अन्सारीले शुक्रबार पोखरा रंगशालाको अवलोकन गरेका छन । राष्ट्रिय खेलकूद परिषद (राखेप)का पूर्व सदस्य समेत रहेका अन्सारीले पोखरा रंगशाला भ्रमण गरी नवौ राष्ट्रिय खेलकूदको तयारी वारे जानकारी लिएका हुन ।

आयोगको विशेष कामले पोखरा आएका अध्यक्ष अन्सारीलाई पोखरा रंगशालामा राखेपका सदस्य राजेश गुरुङ लगायत विभिन्न खेलकूद संघका अध्यक्ष तथा पदाधिकारीहरुले स्वागत गरेका थिए ।

रंगशाला अवलोकनका क्रममा अध्यक्ष अन्सारीले नवौंको तयारीका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्न आफूले समेत पहल गर्ने बताए । उनले भने–“बजेटकै कारण पूर्वाधारको काम र खेलाडीलाई समस्या हुन नदिन समयमै ध्यानदिनु पर्ने भएकोले आफुले प्रधानमन्त्रीसंग समस्या समाधान चाँडो गर्ने बारेमा पहल गर्छु ।”

अध्यक्ष अन्सारीलाई पोखरा रंगशालामा स्वागत गर्दै राखेप सदस्य गुरुङले राष्ट्रिय खेलकुदका लागि खेलकुदका आवश्यक संरचना समयमै तयारी अबस्थामा राख्नका लागी आवाज उठिरहेको भए पनि रंगशाला परिसरमा स्विमिङ पुल, शुटिङ्ग रेन्ज लगाएतका कामलाई अघि बढाउन बजेट अभाबका कारण अघि वढ्न नसकेको बताए ।

पोखरामा राष्ट्रिय प्रतियोगिता अन्तर्गत हुने ३५ खेल मध्ये पोखरा रंगशाला परिसरमा स्विमिङ पुल र शुटिङ्ग रेन्ज लगाएत पुर्वाधार निमार्णको काम अझै निमार्ण शुरु हुन सकेको छैन । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लाई भब्यताका साथ सफल पार्नका लागी सबै खेलकुदका लागी आबश्यक पर्ने पूर्वाधार निमार्णपुरा नहुँदा केही खेल सम्पन्न गर्न समस्या हुने देखिएको छ ।

पोखरा रंगशालाको फुटबल स्टेडियमको चारैतर्फ १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिटको कुर्ची फिटिङ्ग र भिआईपी प्यारापिट निमार्णकार्य कोभिड—१९ को जोखिमका कारण रोकिएको भएपनि अबहुने नवौं राष्ट्रिय खेलकुद अगावै निमार्णको काम सम्पन्न हुनुपर्ने खेलाडी हरुको मागरहेको छ ।

पोखरा रंगशालाको फुटवल स्टेडियम तथा खेलमैदान १ अर्ब २८ करोड ५० लाख रुपैयाको लागतमा ३० महिना अघि निमार्ण शुरुभएको हो । फिफाको मापदण्ड अनुसार १ सय ५ मिटर लम्बाई ६८ मिटर चौडाईको प्राकृतिक मैदान सङ्गै एथलेटिक्सका लागी सेन्थेटिक ट्रयाक निमार्णको करिब ९५ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण कम्पनीले जनाएको छ । राखेपले ३ हजार ५ कुर्ची थप गरी २० पुर्याउने बताइरहे पनि बजेट अभावमा पुरानै निर्माण कार्य ४ महिना देखी ठप्प रहेको छ ।

यता राष्ट्रिय खेलकूद परिषदले पूर्णता पाउन नसक्दा राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति तय हुने सकेको छैन भने यसमा लाग्ने करौडौ बजेट संघिय सरकार र आयोजक गण्डकी प्रदेश सरकारले के गर्ने भन्ने बारे समेत टुँङ्गो लाग्न सकेको छैन । यद्यपी गत महिना प्रधानमन्त्री केपी शर्माको पोखरा रंगशाला भ्रमण पछि भने खेलाडी र खेलप्रेमीहरुमा भने केही आशा भने पक्कै जगाएको छ ।
Aha Rara Advt
Pokhara Marathon

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close