राखेप सदस्य सचिब सिलवालद्वारा स्व. गुरुङ प्रती श्रद्धाञ्जली व्यक्त

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले राखेपका सदस्य राजेश गुरुङकी आमा स्व. जोगमाया गुरुङ प्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सदस्य सचिब सिलवाल राखेप सदस्य गुरुङको निवास पोखरा १५ रामवजार स्थित निवासमा पुगि श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । राखेप सदस्य गुरुङकी आमा जोगमाया गुरुङको यहि पौष १७ गते उपचारको क्रममा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

राखेप सदस्य सचिब सिलवालले स्व.गुरुङको मृत आत्माको शान्तीको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close