एनओसी वुमेन्स कमिसनद्वारा जोशी र अधिकारी सम्मानित

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा सोमबार विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेल लाई सम्मान गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले उनीहरुलाई नेपाली खेलकूदमा पुर्याएको योगादनका लागि सम्मान गरेका हुन । एनओसी अध्यक्ष श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष  सम्मान कार्यक्रममा विमला र भवानीलाई जनही नगद २५ हजार रुपैंया  सहित सम्मान गरेका हुन  ।

सम्मानित हुने विमला एथलेटिक्सकी पूर्व राष्ट्रिय खेलाडी हुन् । उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् । भवानी लाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन् ।

कमिसनले यसअघि प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निणर्य पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको बताउदै यो क्षेत्र अझ महिला मैत्री हुनुपर्ने बताए ।

कार्यक्रमका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव वुमेन्स एन्ड स्पोर्टस कमिसनका अध्यक्ष ज्योति राणाको अध्यक्षतामा भएको थियो ।

१ प्रतिक्रिया

  1. बधाई, बधाई,बधाई र शुभकामना छ ।
    हेल्गा र ज्योति जी लाई पनि बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close