सातौं पिएम कप महिला भलिबल : एपीएफ र न्यू डायमण्ड विजयी

पोखरा स्पोर्टस ।
सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतवार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमण्ड एकेडेमीले पहिलो खेल जितेको छ ।

आइतवार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । नेपालगन्ज रंगशाला परिसरमा रहेको कभर्डहलमा एपीएफले लुम्बिनीलाई सोझो सेटमा पराजित गरेको छ । एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो । खेलमा एपीएफकी सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, यति एयरलाइन्सका शिशिर गौतमले पुरस्कृत गरे ।

अर्को प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले बाजी मारेको छ । न्यू डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । न्यू डायमण्डले आर्मीलाई शुरुवातदेखि नै दबाबमा राखेको थियो । न्यू डायमण्डले शुरुवाती दुई सेटमा आर्मीलाई २५–१८, २५–२१ मा पराजित ग¥यो । तेस्रो सेटमा आर्मी खेलमा फर्किएको थियो । आर्मीले २५–२३ ले न्यू डायमण्डलाई पराजित गरेको थियो । चौथो सेटमा शुरुवाती अग्रता लिएर पनि आर्मी पराजित हुन पुग्यो । यो सेटमा न्यू डायमण्डले आर्मीलाई २५–२१ ले पराजित ग¥यो ।

गत शुक्रवार प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ

दोस्रो खेल खेलेको न्यू डायमण्डले पहिलो जीत निकालेको छ । यसअघि न्यू डायमण्ड पुलिससँग पराजित भएको थियो । खेलमा न्यू डायमण्डकी झरना श्रेष्ठ प्लेयर अफ द म्याच भइन् । युएनडिपी नेपालका डेपुटी रेजिडेन्ट रिप्रेजेन्टिव फरनाल्डो कोल्को र नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङले मायाको चिनो प्रदान गरे ।

प्रतियोगितामा आर्मी दोस्रो पटक पराजित भएको छ । तीन खेल खेलेको आर्मीले एक खेल जितेको छ ।

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता फाल्गुन २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख नगद पाउने छ । त्यसैगरी दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैया पुरस्कार राखिएको छ । प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी युनाइटेड प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close