खेलाडी र प्रशिक्षकले लगाए कोभिड विरुद्धको खोप

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकले कोभिड विरुद्धको खोप लगाएका छन् ।

पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् । यस्तै पोखरामा प्रशिक्षणमा रहेका आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले समेत खोप लगाएका छन । पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका छन् । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा औं ३२ औं गृष्मकालीन ओलम्पिक हुँदैछ ।

खोप लगाउनेमा ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारी पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close