पोखरामा सम्पन्न खुल्ला क्वल स्तरिय व्याडमिन्टनमा कास्कीका भूगोल र विशाल च्याम्पियन

पोखरा स्पोर्टस । पोखरा स्पोटर्स तथा व्याडमिन्टन क्लवद्वारा पोखरामा आयोजित पहिलो ठूलो धनराशीको “प्रथम पोखरा स्पोर्टस तथा व्याडमिन्टन क्लव खुल्ला प्रतियोगिता–२०७७” मा पुरुष डवल्सतर्फ कास्कीका भूगोल गुरुङ र विशाल खडका च्याम्पियन भएका छन ।

पोखरामा आज सम्पन्न फाइनल खेलमा बुटवलका जि. रायमाझी र एपिफका राजु थापको जोडीलाई १८–२१, २१–१३ र २१–१३ को अंकले पराजित गर्दै कास्कीका भूगोल र विशाल च्याम्पियन बनेका हुन । उनीहरुले च्याम्पियन बने सँगै नगद ६१ हजारका साथमा कप, मेडल र प्रमाणपत्र हात पारे । यसै गरी सोही स्पर्धामा कास्कीका इच्छा गुरुङ र सुमन लिम्वुको जोडी तथा कास्कीका विशाल बस्नेत र एपिएफका पि.सिंह खत्रीले तेश्रो स्थान हात पारेका छन ।

४५ वर्ष माथी भेट्रान्सतर्फको क्याटोगरीमा कास्कीका नर बहादुर गुरुङ र शम्भू श्रेष्ठको जोडी च्याम्पियन बन्दै नगद ५१ हजार हात पारेका छन । सम्पन्न खेलमा नर बहादुर र शम्भूको जोडीले कास्कीकै राजेन्द्र गुरुङ र विशाल हिराचनको जोडीलाई २१–१४ र २१–१६ को सोझो सेटमा पराजित गरेका थिए । सोही स्पर्धामा नेपालगञ्जका अनिल लाखे र काठमाण्डौको जोडीलाई ललितपुर सुमन महर्जन र सुनिल शाक्यको जोडीले तेश्रो स्थान हात पारेका छन ।

प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथीको भेट्रान्सतर्फ कास्कीका दिल पुन र मनोज श्रेष्ठको जोडी विजेता बनेको छ । उनीहरुले विष्णुलाल श्रेष्ठ र नरेश ताम्राकारको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरेका थिए । विजेताले नगद ४१ हजार हात पारेका छन । सोही प्रतियोगितामा ग्यालेक्सी काठमाडौका राजु भुजु र शुरेस वम तथा कास्कीका जयराम हमाल र हरि श्रेष्ठको जोडीले तेश्रो स्थान हात पार्न सफल भए ।

यसै गरी १९ वर्ष मुनीको सिंगल्सतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका आयूष्मान नाग्री च्याम्पियन हुँदै नगद २० हजार हात पारेका छन । उनले प्रतियोगितामा आफ्नै क्लवका गोकूल जोरालाई २१–१२, १३–२१ र २१–१५ ले पराजित गरेका थिए । उपविजेता बन्न सफल जोराले नगद १० हजार हात पारे । सोही स्पर्धामा त्रिभुवन क्लवका नरेन्द वम र एपिएफका प्रियाशुँ सिंश क्षेत्रीले तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङ, प्रतियोगिता आयोजक संस्था क्लवका सल्लाहाकार मेजर लक्ष्मी प्रसाद गुरुङ, प्रतियोगिताका संयोजक राजेश गुरुङ, टेक्निकल संयोजक कुमार गुरुङ, सल्लाहाकार रमेश भट्टचन, क्लवका वरिष्ठ उपाध्यक्ष चिजकाजी गुरुङ र क्लवका सचिब केदारनाथ भट्टराईले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा व्याडमिन्टन खेलको विकासमा उल्लेख्य योगदान दिएको भन्दै ४ जनालाई सम्मान समेत गरिएको थियो ।

समापन कार्यक्रममा वोल्दै राखेपका सदस्य राजेश गुरुङले पोखराको खेलकूद विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले निकै उर्जा प्राप्त भएको बताए । उनले नवौं राष्ट्रिय खेलकूदको तयारीमा जुट्न सवैलाई आग्रह गर्दै पोखरा रंगशालामा अव स्विमिङ पूल, शुटिङ लगाएत फल्ड्लाइट राख्ने तयारी समेत भइरहेको बताए । सो अवसरमा उक्त क्लवले रोखप सदस्य गुरुङलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close