पोखरामा टी–ट्वान्टी क्रिकेट जारी, समुह ‘बि’को खेल रोमाञ्चक मोडमा

पोखरा स्पोर्टस । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार समुह‘बि’ का दुई खेल सम्पन्न भए । सम्पन्न खेलहरुमा मिक्समाण्डुु र जनकपुरले जित हाता पारेका छन् ।

पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लवले बाग्लुङ्ग क्रिकेट क्लवलाई १० विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको बाग्लुङ्गले १९ं.५ ओभरमा सम्पूर्ण विकेट गुमाउनुपूर्व ७९ रनको सामान्य स्कोर खडा गर्न सक्यो । बाग्लुङ्गको तर्फबाट विश्व कार्कीले २३ रन बनाए । मिक्समाण्डुको जितमा म्यान अफ द म्याच रुपेश श्रीवास्तवले ४ विकेट लिए । मिक्समाण्डुका व्याट्स्म्यान रिबन जोशिले विस्फोटक व्याटिङ्ग गर्दै २९ बलमा अभिजित ५१ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै शुव कंशाकारले २३ रन बनाए ।

अर्को खेलमा जनकपुर क्रिकेट क्लवले पेलिकेण्टस क्रिकेट क्लवलाई ४७ रनको फकाकिलो स्कोरले पराजित ग¥यो । पहिला व्याटिङ्ग गरेको जनकपुले अक्वर अलिको ४४ तथा विशाल सस्लिङको ३९ रनको मद्धतमा १ सय ५९ रन बनाएको थियो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पेलिकेण्ट्सेले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो ।

समिर कँडेलले २१ तथा दिपक डुम्रेले १८ रन जोडे । बलिङ्गतर्फ ३ विकेट समेत लिएका जनकपुरका विशाल सुस्लिङ म्यान अफ द म्याच भए । राहल प्रताप सिंहले ४ विकेट लिए । यो खेलसंगै लिग रोचक मोडमा आएको छ । सेमिफाइनलका लागि रनरेटले समेत महत्व राख्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close