पोखरामा जारी टी–ट्वान्टी क्रिकेटमा जनकपुर र तनहुँ विजयी

पोखरा स्पोर्टस । के.एन.स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा जनकपुर र प्यालिकेण्टस क्रिकेट क्लव तनहुँ विजयी भएका छन् ।

पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लवमाथि १ विकेटले जित हाँसिल ग¥यो । पहिला व्याटिङ गरेको मिक्समाण्डुले पुरा २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । तनहुँले १९.४ ओभरमा ९ विकेट गुमाउँदै जित हाँसिल गरेको हो । मिक्समाण्डुको तर्फबाट रिजन थापाले २३, रुपेश श्रीवास्तवले १९ रन बनाएका थिए ।

तनुहँको जितमा विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच दिपक डुम्रेले ४७ रन बनाए । सनम बुढाथोकीले पनि २३ रन जोडे । मिक्समाण्डुका बलर रिजन ढकाले ४ तथा उज्वल श्रीवास्तव र उज्वल थापाले २–२ विकेट लिए । तनुहँका चन्द्रकान्त पौडेलले ३ र विज्ञान गौतमले २ विकेट लिएका थिए ।

अर्को खेलमा जनकपुर क्रिकेट क्लवले बाग्लुङ्ग क्रिकेट क्लवलाई १९ रनले पराजित ग¥यो । पहिला व्याटिङ्ग गरेको जनकपुरले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो । जनकपुरका विशाल सुस्लिङले ३८ तथा सुब्दीन चौधरीले २० रन जोडे । बाग्लुङ्गको बलिङ्गतर्फ कुशल खड्का, सन्दिप पन्त र अभिषेक थापाले समान २/२ विकेट बाँडे ।

बाग्लुङको ब्याटिङ राम्रो हुन सकेन । उसले पुरा २० ओभर खेले पनि ९ विकेटको क्षतिमा मात्रै ९८ रन बनाउन सक्यो । बाग्लुङका अभिषेक थापाले ३३ तथा लक्की सापकोटाले १४ रन बनाए । खेलमा म्यान अफ द म्याच भएका जनकपुरका शोभाकान्त पाण्डेले ४ विकेट लिए भने राहुल प्रसाप सिंहले २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close