बगर भाई खलक एट–ए–साइड भेट्रान फुटबलको तयारी पुरा, २८ टिमको सहभागिता

पोखरा स्पोर्टस । पोखरामा यहि फागुन २४ गतेबाट सञ्चालन हुने “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

नेपालकै जेठो भेट्रान फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने जनाउँदै प्रतियोगिताको आयोजक पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले एक पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमले प्रतिष्पर्धा गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उदेघाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले बताए ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको उक्त संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी खेम गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिएका छन । पूर्व राष्ट्रिय फुटबल खेलाडी, पूर्व प्रशिक्षक, भुपु खेलाडि मञ्च नेपालका महासचिव एवं खेलकर्मी गुरुङ्गलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने उनले बताए ।

प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद दश हजार प्रदान गरिने छ ।

त्यसै गरी अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ । द्वितिय पुरस्कार विजेताले प्राप्त गर्ने नगद  ५५ हजार ५ सय ५५ यस वर्ष सहारा युकेले प्रायोजन गरेको अध्यक्ष गुरुङले बताए । वगर भाइ खलक युकेले उक्त प्रतियोगिताका लागि करिव ७० हजार ट्रफी, मेडल र नगद सहित करिव ३ लाख ५० हजार सहयोग गर्ने भएको उक्त संस्थाका आजिवन सदस्य तथा समाजसेवी कमल गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले  तमु धिं एशोसियसन यूकेका अध्यक्ष हितकाजी गुरुङले नगद ३० हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी ओम गुरुङले नगद ३० हजार सहयोग गरेको जानकारी समेत दिए । पोखराको ऐतिहासिक पुंरानो टुंडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताका लागि १५ लाख खर्च हुने तथा १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिब याम गुरुङले जानकारी दिएका छन ।

प्रतियोगिता सातौं संस्करणवाट पोखरा रत्न एवं खेलकुद कर्मि स्व. रन्जित गुरुङ्गको स्मृतिमा प्रतियोगीता संचालन हुँदै आएको छ । स्मरण रहोस स्व. रन्जित गुरुङ्ग लामो समय सम्म पृथ्वी नारायण कयाम्पसको खेल शिक्षक रहि पोखराको खेलकुदको विकास लागी सक्रिय व्यक्तित्व हुन् । स्व. रन्जित गुरुङ्गको पहलमा पोखरामा टेनिस, हकि, वास्केटवल, क्रिकेट, फुटवल, भलिवल र अन्य खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै तत्कालिन पोखरा उपमहानगरपालिकाले पोखरा रत्नवाट सम्मान समेत गरेको थियो । समाजमा उहांको योगदान र त्यागलाई स्मरण गरी रहनको लागी उहाँको छोरा वुहारीहरु राजु गुरुङ्ग र विमला गुरुङ्ग, पदमराज गुरुङ्ग र सीता गुरुङ्ग, छोरी ज्वाइहरु मन्जु गुरुङ्ग र मेजर खुसीमान गुरुङ्ग, जुली गुरुङ्ग थापा र राजु थापाले संयुक्त रुपमा मूख्य प्रायोजन गर्दै आएका छन ।

उक्त प्रतियोगिताका लागि वगर भाइ खलक युके सह–प्रायोजकको भूमिकामा रहेको र वगर भाइ खलक युकेले आकर्षक र स्तरिय मेडल र ट्रफीहरु सौजन्य स्वरुप प्राप्त भएको महासचिब गुरुङले बताए । साथै प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकारले समेत सह प्रायोजन गर्ने प्रतियोगिताका लागि पोखरा महानगरपालिका, भेट्रान ग्रुप हङ्गकङ्ग, तमु धिं युके, अखिल नेपाल फुटबल संघ, वगर भाइ खलक जापान, पोखरा महानगरपालिका वडा नं. १ को कार्यालयले सहयोग गरेको छ भने संस्थाका आजिवन सदस्यहरुले व्यक्तिगतरुपमा समेत सहयोग गरेको महासचिव गुरुङले बताए ।

सम्पन्न कार्यक्रममा संस्थाका आजिवन सदस्य तथा समासेवी कमल गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका उपाध्यक्ष तेज गुरुङ, राखेपका पूर्व सदस्य जयराम हमाल, सहारा युकेका महासचिव धनु पुरन थकाली, आजिवन सदस्य ओम गुरुङ लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close