
पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को तयारी तिव्र पारेको छ ।
यहि फागुन २४ देखि २९ गते सम्म पोखराको ऐतिहासिक पुरानो टुँडीखेल मैदानमा आयोजनाहुने प्रतियोगिताका लागि संस्थाले तिव्र पारेको हो । संस्थाको वैठकले प्रतियोगितालाई भव्य बनाउने सँगै फागुन १८ गते टाईसिट सार्वजनिक गर्ने, फागुन १९ गते पत्रकार भेटघाट कार्यक्रम गर्ने, मैदान व्यवस्थापन गर्ने लगायतका कार्यक्रमहरु तय गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन ।
संस्थाको सम्पन्न बैठकले ४ जनालाई आजिवन सदस्यता समेत प्रदान गरेको अध्यक्ष गुरुङले बताएका छन । पोखराको खेलकुद तथा सामाजिक अभिवृद्धीका लागि योगदान दिएका बिजया गुरुङ, सोल बहादुर गुरुङ, अर्जुन गुरुङ र जगदिश गुरुङलाई आजिवन सदस्य प्रदान गर्ने निर्णय भएको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसाथ गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ ।
Pokhara Marathon Advt