बुटवल ओपन टेनिसमा पोखरेली खेलाडीहरुको शुखद यात्रा जारी

पोखरा स्पोर्टस । बुटवल ओपन टेनिसमा पोखरेली खेलाडीहरुले दोश्रो दिन पनि शुखद शुरुवात गरेका छन ।

आज भएको पुरुष सिंगल्सतर्फ ५ जना खेलाडीले आ–आफ्नो खेल जित्दै सेमीफाइनलको यात्रा तय गरेका छन । सेमीफाइनल प्रवेश गर्नेहरुमा निरज गुरुङ, निहाल थापा, नविन मगर, निशान श्रेष्ठ र प्राञ्जल कायस्थ सेमीफाइनल प्रवेश गरेका छन ।

क्वाटरफाइनलमा निरजले भिष्म काउछालाई ६–२, ६–० ले, निहालले अनिल साईलाई ७–६, १–६ र ६–४ ले पराजित गरेका छन । त्यसै गरी नविनले विष्णु नेपालीलाई ४–६, ६–२ र ६–२ ले पराजित गरेका छन भने, निशानले सौगात खड्कालाई पराजित गरे । त्यस्तै अर्को एक खेलमा प्राञ्जलले दावा शेर्पालाई ७–५, ४–६ र ६–४ ले पराजित गरेका छन ।

यस्तै ५५ वर्ष माथीको भेट्रान्स सिंगल्समा बसन्त प्रधानले जोली टारगेनलाई ६–३, ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन । राजेन्द्र घिमिरेले अव्दुललाई ६–०, ६–१ तथा राजु गुरुङले राम रानालाई ६–३, ६–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन ।

त्यसै गरी ४५ वर्ष भेट्रान्स डवल्समा धरम सिंह लामिछाने र गोपी भट्टराईको जोडीले उत्तम वोगटी र अमृत रोक्काको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन । यस्तै पुरुष डवल्समा प्रनव खनाल र सन्तोष खत्रीको जोडी सँग प्राञ्जल कायस्थ र निरज गुरुङको जोडी ६–१, ६–२ ले हार व्योहरेको छ भने नविन मगर र ऋतिक रानको जोडीले भिष्म काउछा र अन्जान थिङको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close