
पोखरा स्पोर्टस । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा सम्पन्न ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को उपाधि ब्रदरवुड भेट्रान्सले जितेको छ ।
ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा शनिबार सम्पन्न फाईनल खेलमा गार्डेन भेट्रान्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्रदरवुडले उपाधि जितेको हो । उपाधि जिते सँगै ब्रदरवुडले शिल्ड, मेडल सहित नगद रु ७० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको गार्डेनले शिल्ड, मेडल सहित ४० हजारमा चित्त बुझायो । यसअघि फाईनल खेल गोल रहित भएपछि ट्राईबेकरमा धकेलिएको थियो ।
कुल १८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा ब्रदरवुडका मनोज गुरुङ घोषित हुदै ट्रफीका साथमा गुरुङ दम्पतीलाई रुपाकोट रिसोर्टको तर्फबाट ‘वान नाईट स्टे अफर’ समेत पाएका छन ।
त्यस्तै विधागत तर्फ उत्कृष्ट डिफेण्डरका रुपमा गार्डेनका विकास गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही क्लबकै मन बहादुर गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा ब्रदरवुडका रिम पुन तथा उत्कृष्ट स्ट्राईकरका रुपमा सोही टिमकै मनोज गुरुङ घोषित हुदै ट्रफी प्राप्त गरेका छन भने सर्वाधिक गोलकर्ताको पुरस्कार भ्याली स्पोर्टस्का विजय गुरुङले हात पारे । यसैगरी अनुशासित टिमको उपाधि गोर्खा अल्टिमेट फिटनेश सेन्टरले प्राप्त गर्याे ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका स्वर्गीय देश्ना चन्दका पिता विवेक चन्द, उत्साह चन्द, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, आयोजनक संस्थाका सल्लाहकारहरु, अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए ।
Pokhara Marathon Advt