भलिवल संघ र केल्मी विच सहकार्यका लागि सम्झौता

पोखरा स्पोर्टस । खेल सामाग्री उत्पादन संस्था केल्मी र नेपाल भलिबल संघविच सहकार्य गर्नेगरी सोमबार सम्झौता भएको छ ।

नेपालका लागि आधिकारीक विक्रेता केल्मी नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरेका हुन ।

पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम केल्मेले पहिलो बर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २०÷२० सेट ट्रायकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २ सय ५० थान भलिबल, नेट र ट्रेनिङ्ग जर्सी प्रदान गर्ने छ । सो वापत नेपाली भलिबल टोलीले स्पेनिस खेल सामाग्री उत्पादक संस्था केल्मेको आधिकारीक सामाग्रीलाई आफ्नो ब्राण्ड बनाउने भएको छ ।

सम्झौता पश्चात बोल्दै डाईरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडी बढेको भन्दै पहिलो पटक २ बर्षको लागि सम्झौता भएको बताएका छन । नेपालमा फुटबलबाट सुरुभएको सहयोगको सिलसिला एपिएफ क्लब हुँदै भलिबल सम्म आईपुगेको बताउँदै उनले भने–“फुटबलमा केल्मीले गरेको सहयोगले अरु कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागु होस् भन्ने कामना गर्दछौ ।”

खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने न्यौपानेले बताए । नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आई पुग्न समय लागेका कारण अहिलेनै मुल्यमा त्यसलाई उजागर गर्न नसकेको र सामान आए पश्चात उक्त कुरालाई उजागर गर्ने उनको भनाई थियो ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिबल संघ र केल्मीविच सम्झौ मुल्यमा नभई अमुल्य रहेको र त्यसका लागि पत्रकार प्रकाश तिमल्सिना र ओलम्पियन दीपक बिष्टको पहलको स¥हाना गर्दै धन्यवाद व्यक्त गरे । महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिबलका लागि ब्रान्ड बन्न लागेको केल्मीलाई भलिबलको माध्ययमले गाँउ गाँउ सम्म प्रचार प्रसार र मार्केटिङ्ग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close