दक्षिण एशियाली एन्टि डोपिङ संगठनमा नेपालबाट डा शाह मनोनित

पोखरा स्पोर्टस । दक्षिण एशियाली क्षेत्रिय एन्टि डोपिङ संगठन (एसए–राडो)को कार्यकारी सदस्यमा नेपालबाट डा.ज्ञानेन्द्र विक्रम शाह मनोनित भएका छन ।

नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले डा.शाहलाई उक्त संगठनमा मनोनित गर्न सिफारिस गरेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताएका छन । हाल राष्ट्रिय खेलकुद परिषद (राखेप)मा विगत लामो समय देखि स्वास्थ्य विभागमा कार्यरत उनी विर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत छन । उनी आगामी चारवर्षका लागि एसए–राडोमा नियुक्त भएका हुन ।

नेपाल एन्टि डोपिङका लागि डा. शाह सम्पर्क व्यक्तिका रुपमा कार्य गर्नेछन भने उनले नेपालको एन्टि डोपिङमा भए गरेका कार्य प्रगतीहरु समेत एसए–राडोलाई पठाउनेछन । त्यसै गरी एसए–राडोको वैठकहरुमा सहभागिता जनाउनुका साथै नेपाल सरकार र एनओसीलाई एन्टि डोपिङबारे एसए–राडोेले चलाउने अभियानका वारेमा अवगत गराउनेछन ।

हरेक मुलुकमा एन्टि डोपिङ एजेन्सिका रुपमा स्वतन्त्र रुपमा गठन हुने संस्था नाडो हुनेभए पनि नेपालमा राष्ट्रिय एजेन्सीका रुपमा कार्य गर्ने नाडोको गठन नभएकोले अन्तर्राष्ट्रिय नियम अनुसार सम्पूर्ण एन्टी डोपिङको काम नेपाल ओलम्पिक मातहात नै सञ्चालन भइरहेको महासचिब श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“नाडोको गठन पश्चात सवै खर्च नेपाल सरकारले व्योहर्ने पर्ने हुन्छ अहिले मनोनित भएका डा. शाहले ओलम्पिक मातहातमा नै रहेर काम गर्नुहुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close