कास्की ११ औं खुल्ला वुद्धिचालको उपाधि राजनले जिते

पोखरा स्पोर्टस । कास्की जिल्ला वुद्धिचाल संघको आयोजनामा भएको “११ औं खुल्ला वुद्धिचाल प्रतियोगिता २०७७” को उपाधि राजन पहाडीले जितेका छन ।

पोखरामा आइतबार भएको फाइनलमा राजन २६ खेलाडीलाई पछि पार्दै ६ अंकको अग्रताका साथ उपाधि जितेका हुन । उनले उपाधि सँगै नगद ७ हजारका साथमा ट्रफी र प्रमाणपत्र हात पारेका छन ।

स्विश लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा वुद्धीराज शर्मा दोश्रो भएका छन । उनले तिन दिनको खेलमा ५.५ अंक हात पारेका थिए । उनले नगद ५ हजार प्राप्त गरेका छन । त्यसै गरी उक्त प्रतियोगितामा विनोद नाल्मी ५.५ अंकका साथ तेश्रो र अनिल वहादुर कोइराला ५ अंकका साथ चौथो, ५ अंक प्राप्त गर्दै हुमराज गुरुङ पाँचौ स्थान प्राप्त गर्दै क्रमश नगद ३, २ र १ हजार प्राप्त गरे ।

त्यसैगरी ४.५ अंकका साथ राम बहादुर क्षेत्री छैटौ र शिवराज भण्डारीले सातौं स्थान प्राप्त गरेका छन भने ४ अंक प्राप्त गर्दै क्रमश आशिष घिमिरे, गोविन्द बराल र सन्दिप अधिकारी क्रमश आठौं, नवौं र दशौं स्थान हासिल गरेका छन । उनीहरु सवैले नगद ५ सयका साथमा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेता खेलाडीहरुलाई नेपाल वुद्धीचाल संघका केन्द्रिय सदस्य बाबुराम पन्तले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम संघका अध्यक्ष शुक्रराज प्रधानको अध्यक्षतामा भएको थियो । प्रतियोगिता शुक्रबारबाट सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close