
पोखरा स्पोर्टस । भक्तबहादुर तामाङ स्मृती रेपिड चेस प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।
शनीबार सम्पन्न प्रतियोगितामा बद्रीलालले ७ दशमलब ५ अंक जोडे । समान अंकका जोडेका मनिष हमाल र सुजेन्द्र श्रेष्ठ संयुक्त दोस्रो भए । ७ अंक भएका गणेश मानन दुवाल चौथो तथा सुश्रुत दाहाल तेस्रो भएका छन । ६ दशमलब ५ अंकभएका पुर्णराज खड्का, क्षितीज भण्डारी, राकेश रौनीयार, मदन रायमाझी र रुपेस जयसवाल छैटौ देखि १०औ स्थानमा रहे ।
समाज सेवी भक्तबहादुर तामाङको स्मृतीमा उनका छोरा चेस खेलाडी श्याम लामाको प्रायोजन तथा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिता दुइ दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा ११३ जना खेलाडीको सहभागिता रहेको थियो ।
रोसी गाउँगाउँपालिका ३ का भक्तबहादुरको गत असोज महिनामा निधन भएको थियो । उनकै स्मृतीमा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताका विजेताले १५ हजार, उपविजयी खेलाडीले ७ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार रुपैया पुरस्कार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेस सिलवाल र काठमाडौं महानगरपालिका वडा न ११ का अध्यक्ष हिरालाल तण्डुकार लगायतले पुरस्कार प्रदान गरे ।