द अरनिको ट्रफी महिला क्रिकेटमा गण्डकीको दोश्रो हार

पोखरा स्पोर्टस । पोखरामा जारी द अरनिको ट्रफी २०२१ को दोश्रो एक दिवसियमा गण्डकी प्रदेशले हार व्यहोरेको छ ।

पहिलो पटक आयोजना भएको ५० ओभरको एक दिवसिय खेलमा गण्डकी वागमती सँग हार व्यहोरेको हो । पहिलो एक दिवसियमा २ विकेटको जित हात पारेको डिएससी काठमाण्डौले दोश्रोमा ६ विकेटका जित हात पारेको छ ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको गण्डकी प्रदेशले १९.३ ओभर खेल्दै ४७ रनमा सवै विकेट गुमाएको थियो । गण्डकीका लागि अञ्जली बि.क.ले १७ बल खेल्दै ९ रन जोडेकी थिईन् । यस्तै अर्की खेलाडी जोश्निका मरासिनीले ३४ बल खेल्दै ९ रन जोडिन् । बलिङ्गतर्फ डिएससीकी अश्मिना कर्माचार्यले ५.३ ओभरमा १ मेडनका साथ २० रनमा ४ विकेट लिईन् । यस्तै निशा भोलोन तामाङ्गले ५ ओभरमा ३ मेडनका साथ २ रन ३ विकेट र राजमती ऐरले ५ ओभरमा ६ रन खर्चदै २ विकेट झारिन् ।

४८ रनको लक्षका साथ मैदान प्रवेश गरेको डिएससीले १३.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष भेटायो । जसमा खुशी डङ्गोलले २८ बलमा १७ रन जोडिन् भने हेलिशा गुरुङ्ग ६ बलमा ९ र अश्मिता खरेल ३७ बलमा ९ रनमा नटआउट रहे । बलिङ्ग तर्फ गण्डकीकी अलिशा लामिछानेले ७ ओभरमा २ मेडन राख्दै १५ रनमा ३ विकेट लिईन् भने शिला रेग्मीले ४.१ ओभर बलिङ्ग गर्दै २२ रन खर्चदै १ विकेट लिईन् ।

डिएससीकी अश्मिना कर्माचार्य प्लेयर अफ दि म्याच घोषित भईन् । ६ एक दिवसिय सिरिजमा डिएससी काठमाण्डौ २–० ले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close