‘अरनिको ट्रफी’ महिला एक दिवशिय क्रिकेटमा गण्डकी पराजित

पोखरा स्पोर्टस । पोखरा क्रिकेट एकेडेमीले आयोजना गरेको अरनिको ट्रफी एक दिवशिय महिला क्रिकेट अन्तर्गतको पहिलो खेलमा गण्डकी प्रदेश वागमती प्रदेश सँग २ विकेटले पराजित भएको छ ।

महिला क्रिकेट खेल विकासका लागि पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गण्डकी पराजित भएको हो । टस जितेर व्याटिङ रोजेको गण्डकीले १० विकेट गुमाउँदै पाहुना टोली वागमतीलाई १५४ रनको लक्ष्य पस्केको थियो ।

३७.३ ओभरमा १० विकेट गुमाउँदै १५३ रन बनाएको गण्डकीका लागि अञ्जली विकले ७९ वलमा ३७, सृष्टि पौडेलले ३७ बलमा २६ र सिमाना केसीले २७ वलमा २० रन जोडेका थिए । यता वलिङतर्फ वागमतीका लागि खुसी डंगोलले ३९ रन खर्चिदै ३ विकेट, राजमती ऐरीले ५ रन दिंदै २ विकेट र अस्मिना कर्माचार्यले १ विकेट हात पारेका थिए ।

जवाफी व्याटिङमा उत्रिएको पाहुना टोली वागमतीले २४.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य हासिल गरेको थियो । वागमतीका लागि राजमती ऐरीले ४७ वलमा ३६ रनको पारी खेलिन । उनी खेलको प्लेयर अफ दि म्याच समेत भएकी छन । त्यसै गरी वागमतीका लागि हेलिसा गुरुङले १९ र अस्मिना खडकाले व्यत्तिगत १८ रन बनाइन । वलिङतर्फ गण्डकीकी ऐलिशा लामिछानेले उत्कृष्ट वलिङ गर्दै ९ ओभरमा २ मेडन राख्दै ५२ रन दिएर ६ विकेट हात पारेकी छन भने शिला रेग्मीले ५ ओभरमा १ मेडनका साथ १ विकेट हात पारिन ।

वागमती प्रदेश ५० ओभरको तिन एक दिवशिय म्याच खेल्न पोखरा आएको हो । प्रतियोगितालाई भारतस्थित डिलक्स स्पोर्टस् कम्पनी (डिएससी) र पोखरा क्रिकेट एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको हो । हाल सम्म महिलाहरुको ५० ओभरको एक दिवशिय खेल नभएको र यसले खेलाडीहरुको स्तरमा बृद्धि गर्न मद्धत पुग्ने कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष समेत  रहेका चन्द्र गुरुङ ‘जिमी’ले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close