राष्ट्रिय फुटबल टोली काठमाडौं प्रस्थान

पोखरा स्पोर्टस । पोखरामा प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज पोखराबाट प्रस्थान गरेको छ ।

विश्वकप छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टोली २० दिनको आन्तरिक प्रशिक्षण पश्चात राजधानी फर्केको हो । राष्ट्रिय फुटबल टोली यति लामो समय पोखरामा प्रशिक्षण गरेको पहिलो पटक हो । पोखरा रंगशालाको फुटबल मैदानमो स्त्तरोन्नती सँगै अन्तर्राष्ट्रियस्तरको रुपमा निर्माण भए पछि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि पोखरा रोजाई बनेको समेत हो ।

राजधानी फर्किनु अघि टोलीले बुधवार छनोट खेल समेत खेलेको थियो । विश्वकपको तयारीमा रहेको टोलीको संख्या खेलाडी संख्या ३० मा झारिने भएको टिम तयारी समितीका संयोजक मधुसुदन उपाध्ययले पोखरा स्पोर्टसलाई बताए ।

पोखरा आएको राष्ट्रिय टोली ३६ जना खेलाडी र ९ जना अफिसियल सहित ४५ सदस्यिय टोली पोखरा रहेको थियो । टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन ।

सन २०२२ मा कतारमा हुने विश्वकपका लागि नेपालले होम ग्राउण्डमा तिन म्याच खेल्न वाँकी छ । यस अघि भएको अवे म्याचमा नेपाल अस्ट्रेलिया सँग पराजित भइसकेको छ भने चाइनिज ताइपेइलाई जितेको छ । होम ग्राउण्डमा नेपालले चाइनिज ताइपेई सँग चैत १२ गते र अष्ट्रेलिया सँग चैत १७ गते खेल्दैछ भने जोर्डन सँग जेठमा मात्रै छनोट खेल हुनेछ ।

विश्वकप छनोट खेल्नु अघि राष्ट्रिय टोलीले कतार सँग मैत्रीपूर्ण म्याच खेल्ने तयारी समेत गर्दैछ ।

तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close