राष्ट्रिय फुटसल लिगमा गण्डकीबाट दुई टिमको सहभागिता रहने

पोखरा स्पोर्टस । अखिल नेपाल फुटसल संघ (एन्फा) फुटसल कमिटीको आयोजनामा पोखरामा हुने “‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता २०७८”मा गण्डकी प्रदेशबाट दुई टिमको सहभागिता रहने भएको छ ।

कमिटीको आज सम्पन्न पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताको तयारी बारे जानकारी दिंदै कमिटीका अध्यक्ष रत्न श्रेष्ठले प्रतियोगितामा गण्डकीका दुई टिम सहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहने जानकारी दिएका हुन । पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा आगामी वैशाख २५ गते देखि जेठ १५ सम्म आयोजना हुने राष्ट्रिय लिग हुनुपूर्व सातै प्रदेशमा छनोट तथा क्वालिफाइङ राउण्डका खेलहरु आयोजना हुने भएका छन । प्रतियोगिताबाट राष्ट्रिय फुटसल टिमको चयन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

फुटसल कमिटीका प्रमुख विनोद गुरुङका अनसुसार चैत्र १ देखि ५ गते सम्म प्रदेश नं १ को इटहरीमा, प्रदेश २ को हेटौडामा चैत्र ८ देखि १२ सम्म, लुम्विनी, कर्णाली र सुदुरपश्चिमको क्वालिफाइङ राउण्ड चैत्र १९ देखि २३ गते सम्म दाङमा, बागमती प्रदेशको चैत्र २५ देखि २३ गते सम्म काठमाण्डौमा र गण्डकी प्रदेशको पोखरामा वैशाख ३ देखि ७ गते सम्म क्वालिफाइङ राउण्ड अन्तर्गत प्रतियोगिता हुने प्रमुख गुरुङले बताए । प्रतियोगितामा प्रदेश १ बाट २ टिम, प्रदेश २ बाट १ टिम वागमती प्रदेशबाट ४, गण्डकीबाट २, लुम्विनी र सुदुर पश्चिम प्रदेशबाट १–१ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सी’ डिभिजनका क्लब, राष्ट्रिय खेलकुद परिषद तथा फुटबल संघहरुमा आवद्ध भएका क्लवहरुले मात्र सहभागिता जनाउन पाउनेछन । प्रतियोगिताको फाइनल चरणमा पुगेका टिमहरुलाई तयारी स्वरुप एन्फाले १–१ लाखका दरले उपलव्ध गराउने छ भने सहभागीता जनाउने टिमका लागि बसोवास र यातायत खर्च समेत एन्फाले नै उपलव्ध गराउने प्रमुख गुरुङले बताएका छन ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान नगद २५–२५ हजार प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close