“पूर्वाधार समयमा पुरा नहुँदा एफसी महिला छनोट खेलमा शंका”–एन्फा अध्यक्ष शेर्पा

पोखरा स्पोर्टस । पोखरा रंगशालाको पूर्वाधार समयमा पुरा नहुँदा एफसी महिला छनोट खेल पोखरामा हुनेमा शंका उत्पन्न भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन ।

सन २०२१ को जुनमा तोकिएको एफसी महिला छनोट खेल पोखरा रंगशालामा गर्ने विषयमा एन्फाले सकारात्मक भूमिका खेलेको भए पनि पूर्वाधार समयमा नसकिंदा शंका उत्पन्न भएको एन्फा अध्यक्ष शेर्पाले बताएका हुन । विश्वकप छनोटको तयारीमा पोखरामा रहेका खेलाडीहरु सँग भेट्न पोखरा आएका अध्यक्ष शेर्पाले खेलाडीहरु सँग पोखराको खेल मैदान र व्यवस्थापनका बारेमा चासो देखाएका थिए ।

आफू पोखरा आउँदा जहिले पनि उत्साहित गरेको बताउँदै अध्यक्ष शेर्पाले गण्डकी प्रदेशमा फुटबलको सम्भावना ठूलो रहेको बताउँदै प्रदेश सरकार र पोखरा महानगरले समेत फुटबल बिकासका लागि ध्यान दिनुपर्ने कुरा औंल्याए । उनले भने–“यो फुटबलको लागि ठूलो सम्भावना भएको प्रदेश हो तर यसका लागि प्रदेश र स्थानिय सरकारले समेत राम्रो सँग ध्यान पुर्याउन आवश्यक छ, एन्फा सहकार्यका लागि तयार छ ।”

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एन्फाले निर्माण शुरु गर्न लागेको एन्फा टेक्निकल सेन्टरको टेन्डर आह्वान अव केही दिन भित्रै गरिने अध्यक्ष शेर्पाले बताएका छन । उनले भने–“निर्माण कार्य शुरु हुनुभन्दा अघिनै विवाद रहित ढङ्गले हामी सबैकुरालाई गहन अध्ययन गरि टेन्डर आह्वान गर्नेछौं ।” उक्त परियोजना एन्फाको ड्रिम प्रोजेक्टको रुपमा रहेकोले पनि समयमा सक्ने गरि काम शुरु गर्ने उनले पोखरा स्पोर्टसलाई बताए ।

पोखरामा प्रशिक्षणरत राष्ट्रिय टोलीका खेलाडीहरु सँग पोखरा रंगशालामा भेट गरि अध्यक्ष शेर्पाले प्रशिक्षणमा आफ्नो ध्यान केन्द्रित गर्न आग्रह गरेका छन ।

पोखरा महानगरका प्रमुख जिशी सँग भेट
अध्यक्ष शेर्पाले आज पोखरा पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशी सँग भेट गरेका छन । राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङ सहितको भेटमा अध्यक्ष शेर्पाले फुटबल विकासका लागि प्रमुख जिशी सँग छलफल गरेका थिए । उनले पोखरामा एफसी महिला फुटबल छनोट खेलका लागि सहयोग गर्न र महानगरले आफ्नो तर्फबाट फुटबल एकेडेमी सञ्चालनका लागि लगानीका लागि अघि वढ्न प्रमुख जिशी सँग आग्रह गरे ।

सो अवसरमा प्रमुख जिशीले पोखराको फुटबल विकासका लागि महानगर प्रतिवद्ध रहेको जनाउँदै एन्फा सँग सहकार्य गर्न आफू तयार रहेको बताए ।

सहारा क्लवका पदाधिकारी सँग भेट


१९ औं सस्करणको आहा रारा गोल्ड कपको तयारीमा रहेको सहारा क्लवका पदाधिकारीहरुले आजै अध्यक्ष शेर्पा सँग भेट गरि १९ औं सस्करणलाई सफल बनाउन एन्फाको सहयोगका लागि आग्रह गरेका छन । सो अवसरमा अध्यक्ष शेर्पाले एन्फाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै सहारालाई राष्ट्रियस्तरको सि डिभिजनका लिगका लागि तयारी गर्न आग्रह गरेका छन । उनले भने–“सहाराले फुटबल विकासका लागि गरेको योगदान महत्वपूर्ण छ तर अव स्थानिय लिग र सि डिभिजनको लिगका लागि समेत आफूलाई अगाडी बढाउनु पर्छ ।”
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close