
पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ कास्की मोडल अस्पतालको अध्यक्षमा निर्वाचित भएका छन ।
अस्पतालको हालै सम्पन्न १६ औं साधारण सभाबाट गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । सञ्चालकहरुमा डा. लुमेश्वर आचार्य, डा. भोगेन्द्रबहादुर केसी, डा. वीरबहादुर कार्की, दिलीप कुमार शर्मा, शान्ति श्रेष्ठ उदास, डा. सुधिररमण पराजुली र सूर्यप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
नवनिर्वाचित बोर्ड बैठकले डा. लुमेश्वर आचार्यलाई प्रवन्ध सञ्चालक नियुक्त गरेको छ । साधारण सभाले ३ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन समेत गरेको छ । पोखरामा १७ वर्ष अगाडि स्थापना भएको उक्त अस्पताल ५० वेडको क्षमताको छ ।