पोखरामा तेक्वान्दो प्रशिक्षकका लागि पुर्नताजगी तालिम सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा प्रशिक्षकका लागि तिन दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

कोभिड–१९ को महामारी पछि शुसुप्त अवस्थामा रहेको तेक्वान्दोलाई जिवन्त वनाई राख्न प्रशिक्षकहरुका लागि पुर्नताजगी तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई तेक्वान्दो ग्राण्ड माष्टर इन्द्र गुरुङले प्रशक्षिण दिएका थिए ।

तालिम समापनका अवसरमा वोल्दै तेक्वान्दोका ग्राण्ड माष्टर गुरुङले तेक्वान्दो खेललाई अझै परिस्कृत बनाउने सँगै समय सापेक्ष अगाडी वढाउन प्रशिक्षकहरुलाई यो तालिम प्रदान गरिएको बताए । उनले आफूले सिकेको शिपलाई आफ्ना खेलाडीलाई पस्किन आग्रह गर्दै तेक्वान्दो खेलको विकासका यसको मर्म अनरुप अघि वढ्न आग्रह गरे ।

कार्यक्रममा वोल्दै कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले कोभिड–१९ का कारण अन्य खेल सँगै तेक्वान्दो खेल समेत प्रभावित रहेको भन्दै पुर्नताजगी तालिमले नयाँ रक्त सञ्चार प्रवाह गर्ने धारणा राखे । अध्यक्ष गुरुङ आफूले सिकेको शिप अनुशासित रुपमा आफ्ना डोजाङका खेलाडीलाई प्रवाहित गर्न आग्रह गरे ।

सो अवसरमा ग्राण्ड माष्टर इन्द्र गुरुङ र उनका भाई तेक्वान्दोका सिनियर प्रशिक्षक कृष्ण गुरुङले कास्की तेक्वान्दोका लागि करिव ७० हजार बरावरको खेल सामाग्री हस्तान्तरण गरेका छन । ग्राण्ड माष्टर गुरुङले आफू पोखरा रहुञ्जेल हरेका महिनाको दुई पटक पुर्नताजगी तालिमलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाए । ग्राण्ड माष्टर गुरुङ युके स्थित जेन तेक्वान्दो एकेडेमीका संस्थापक समेत हुन ।

समापनका अवसरमा सहाभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा कास्की तेक्वान्दोका उपाध्यक्ष राजेश श्रेष्ठ सचिब कुलचन्द्र शर्माले ग्राण्ड माष्टर इन्द्र गुरुङ र सिनियर प्रशिक्षक कृष्ण गुरुङलाई खेल सामाग्री प्रदान गरेको भन्दै आभार व्यक्त गरेका थिए । तिन दिने तालिममा सहभागी रहेका तेक्वान्दोका प्रशिक्षक ललित धामीले प्रशिक्षण निकै समय सापेक्ष रहेको बताए ।

कास्कीमा रहेका विभिन्न डोजाङका २६ जना डोजाङ प्रमुख तथा प्रशिक्षकहरुले उक्त तालिममा सहभागिता जनाएका थिए । हाल कास्कीमा रहेका ३० डोजाङ तथा विद्यालयहरुमा करिव १ हजार ५ सय तेक्वान्दो खेलाडीहरु प्रशिक्षण लिइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close