
पोखरा स्पोर्टस । योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथीको फाइनलमा सुभाष श्रेष्ठ र अनिल लाखेको जोडी च्याम्पियन भएको छ ।
सिरहाको गोलबजारस्थित कभर्डहलमा आइतवार सम्पन्न फाइनलमा कास्कीका सँग शोभाखर भण्डारी र नविन पराजुलीको जोडीलाई पराजित गर्दै च्यम्पियन बनेका हुन । सुभाष र लाखेको जोडीले २१–१५ र २१–१९ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
राखेप सदस्य समेत रहेका सुभाष श्रेष्ठ र लाखेको जोडीले फाइनलमा च्याम्पियन बने सँगै नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बन्न सफल भण्डारी र पराजुलीको जोडीले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।