प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाईनलमा

पोखरा स्पोर्टस । सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्ग माथि २१–१४, १५–२१, २१–१५ को जित निकाल्दै फाईनलमा स्थान बनाएका हुन् । प्रिन्सको रत्नमाथिको यो लगातार दोश्रो जित हो । लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सलेले पराजित गरेका हुन् ।

यस अघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक राशीको प्रतियोगितामा पनि पराजित गरेका थिए । अव उनले फाईनमा उपाधीका लागि एपिएफका दिपेश धामीको सामना गर्नेछन् । धामीले सेनाका प्रफुल महर्जनलाई २१–१२, १८–२१, २१–१२ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ बरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाईनल प्रवेश गरिन् । एपिएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१–१३, २१–१५ ले पराजित गर्दै फाईनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनकी रशिला महर्जनको सामना गर्ने भएकी छिन् । रशिलाले सेनाकै अमिता गिरी माथि २१–६, १८–२१, २१–१२ को जित निकालिन् ।

सुरोज र पविनको जोडी फाईनलमा
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा फाईनल प्रवेश गरेका छन् ।

क्वाटरफाईनलमा एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मचाएको महर्जनको जोडीले सेमिफाईनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै उपाधी निकट पुगेको हो ।

सुरोज र लिनथेपको जोडीले १८–२१, २१–१५, २१–१३ को जित निकालेको हो । अव महर्जनको जोडीले सेनाकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडी संग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१–१०, २१–१६ को जित निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close