मनमोहन स्मृती ब्याडमिन्टन : शुभाष र अनिलको जोडी फाइनलमा

पोखरा स्पोर्टस । योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत भेट्रान्स तर्फको फाइनलमा सुभाष श्रेष्ठ र अनिल लाखेको जोडी फाइनल प्रवेश गरेको छ ।

भर्खरै सिरहाको गोलबजारस्थित कभर्डहलमा शनिबार सम्पन्न सेमीफाइनलमा पाल्पाका बसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । सुभाष र लाखेको जोडीले २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

राखेप सदस्य समेत रहेका सुभाष श्रेष्ठ र लाखेको जोडीले फाइनलमा कास्कीको सँग शोभाखर भण्डारी र नविन पराजुलीको जोडी सँग भिडने छन । फाइनल खेल भोली आइतवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close