मनमोहन स्मृती ब्याडमिन्टन : सुरोज र पविनको जोडी फाईनलमा

पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा फाईनल प्रवेश गरेका छन् ।

क्वाटरफाईनलमा एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मचाएको महर्जनको जोडीले सेमिफाईनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै उपाधी निकट पुगेको हो । सुरोज र लिनथेपको जोडीले १८–२१, २१–१५, २१–१३ को जित निकालेको हो । अव महर्जनको जोडीले सेनाकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडी संग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१–१०, २१–१६ को जित निकालेको हो ।

१६ बरियता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर उपाधीका लागि भिड्ने भएका छन् । देवराजले सेनाका डेभिड थापामगरलाई २४–२२, २१–१८ ले तथा शंकरले एपिएफका भेट्रान खेलाडी ईन्द्र बहादुर महतालाई २१–६, २१–१२ ले पराजित गर्दै फाईनल यात्रा पक्का गरेका हुन् । यस्तै महिलाको १२ बरियता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवाले बिजय पाईन् । उनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१–१२, २०–२२, २१–१९ ले पाखा लगाईन् । अव देउवाले उपाधीका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । राईले एपिएफकी प्रक्षा राईलाई २१–१३, २१–११ ले पराजित गरिन् ।

छात्र यु १७ एकलमा सेनाका भोज बहादुर गुरुङ्ग र आयुष्मान नागरी उपालीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । भोजले पाँचथरका एशिया जवेगुलाई २१–१४, १४–२१, २१–१४ ले तथा आयुष्मानले १७–२१, २१–१९, २१–१७ ले पराजित गरे । छात्रा १७ मा राष्टिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१–३, २१–१ को सहज जित निकालिन् । रशिलाले उपाधीका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्ने छिन् । रोजले कैलालीकी प्राथना देउवालाई महिला एकलमा भएको हारको बदला लिंदै २१–१८, २१–१९ को सोझो सेटमा पराजित गरिन् ।

यसे विच भेट्रानतर्फ सुवास श्रेष्ठ र अनिल लाखेको जोडी योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सिरहाको गोलबजारस्थित कभर्डहलमा शनिबार भएको क्वाटरफाईलन चरणको खेलमा श्रेष्ठको जाडीले बलबहादुर कार्की र धनकुमार श्रेष्ठको जोडीलाई हराउँदै सेमिफइन चरणमा प्रवेश गरेका हुन् ।

श्रेष्ठको जोडीले कार्कीको जाडीलाई २१–१५ र २१–१४ को सेटमा हराएको हो । श्रेष्ठको जोडीले सेमिफाइनल चरणको खेलमा पाल्पाका बसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीको सामना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close